२०८२ माघ १० गते, शनिबार ०५:१०

आईएसएफ जिम्नासाइडमा बक्सिङकी स्वस्तिका फाइनलमा, नेपाललाई अर्को रजत पक्का

१२ कात्तिक, काठमाडौं । आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा नेपालकी स्वस्तिका तिरुवा सोमबार फाइनलमा प्रवेश गर्दै कम्तीमा रजत पक्का गरेकी छन् ।।

बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि सेमिफाइनलमा स्वस्तिकाले ब्राजिककी फरेरालाई ५–० ले पराजित  गरिन् । स्वस्तिकाले ब्राजिलकै खेलाडीलाई फाइनल प्रतिद्वन्द्वीका रुपमा पाएकी छन् । मंगलबार हुने फाइनलमा स्वस्तिकाले ओलिभिएराको सामना गर्ने छिन् ।

पुरुष ४६ केजीमुनि नेपालका रोहित जनाला अर्मेनियाका किराकोस्यानसंग ५–० ले हारे । उक्त खेल सेमिफाइनल भएकाले हारका बावजुद रोहितको कांस्य पदक पक्का भएको छ । पुरुष ८० केजीमुनि युथमा नेपालका नोर्बु थेन्डुप शेर्पाले मंगलबारै फाइनलमा ब्राजिलका रेजेन्डा अक्युलेस वालिफर विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

नेपालबाट बक्सिङमा ५ खेलाडीले सहभागिता जनाएकोमा पुरुष ६३ केजीमुनि नेपालका युनिक राईमात्र पदकविहीन बने । पुरुष ८० केजीमुनि नेपालका सूर्यान वैद्यले पनि कांस्य निश्चित गरिसकेका छन् ।

तेक्वान्दोमा नेपालकी निविता केसीले कांस्य पदक जितेकी छन् । इसा स्पोर्ट्स सिटी हल ‘सी’ मा भएको खेलमा निविताले ६.४८२ अंक जोडिन् । ४ खेलाडी सहभागी उक्त स्पर्धामा बहराइनले स्वर्ण तथा युएइले रजत पदक जिते । अर्को तेश्रो हुने राष्ट्रमा भारत रह्यो ।

पुरुष ६८ केजीमुनि नेपालका अविन श्रेष्ठ मेक्सिकोका खेलाडीसंग २–० ले चुके । पहिलो राउन्डमा १३–० ले पछि परेका अविनले दोश्रो राउन्डको नतिजा ७–६ ले सुम्पिए । विश्व तेक्वान्दो (डब्लुटी) ले यो प्रतियोगितालाई जि वान ¥याङकिङको मान्यता दिएको आयोजक अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यकारी सदस्य एवं आईएसएफअन्तर्गत तेक्वान्दो प्राविधिक कमिटीका संयोजक राजकुमार कार्कीले जनाएका छन् ।

टेबलटेनिसको महिला टिम इभेन्टमा नेपालले १० औं स्थान हासिल गरेको छ । इसा स्पोर्ट्स सिटीले हल ‘बी’ मा नेपालले युगान्डालाई ४–१ को सेटमा पराजित ग¥यो । नवौं स्थानका लागि भएको खेलमा भने अजरवैजानले नेपाललाई ४–१ ले हरायो ।

महिला टिम इभेन्टमा नेपालका इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेलेका थिए । चारै खेलाडीले सिंगल्समा पनि सहभागिता जनाउने छन् । पुरुष सिंगल्समा जेविश बुर्लाकोटी र आशिष महताले खेल्ने छन् । सिंगल्स खेल मंगलबारदेखि हुनेछ ।

ब्याडमिन्टनको पुरुष सिंगल्समा नेपालका कविर केसीले विजयी सुरुआत गरेका छन् । इसा स्पोर्ट्स सिटी हल ‘ड’ मा कविरले भारतका कायाउ तेत्लाई २१–१ र २१–४ को सोझो सेटमा सहजै पराजित गरे । नेपालबाट ब्याडमिन्टन सहभागी हुने कविर एक्लो खेलाडी हुन् ।

नेपालद्वारा भारत पराजित

आईएसएफ जिम्नासाइड समर गेम्सको पुरुष थ्री बाइ थ्री बास्केटबलमा नेपाल थ्रीले भारत टुलाई सोमबार पराजित गरेको छ ।

इसा स्पोर्ट्स सिटी, आउटडोरमा भएको खेलमा नेपाल थ्रीले भारत टुलाई २१–९ ले पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा इटालीले नेपाल थ्रीलाई ८–६ ले हरायो । नेपाल थ्रीले लिगको अन्तिम दिन मंगलबार नर्थ मेसेडोनिया, ब्राजिल र मालावीसंग खेल्ने छ ।

नेपाल फोर बहराइन वानसंग १७–८ र चिलीसंग १२–९ ले चुक्यो । मंगलबारै नेपाल फोरले बहराइन सिक्स र टु तथा क्रोएसियासंग प्रतिस्पर्धा गर्ने प्रशिक्षक प्रेमसुन्दर होनाले जनाएका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM