Sunday, November 10, 2024
घरकार्कीको कलमपर्सामा द्वैध नागरिकविरुद्ध उजुरीको चाङ, कारवाहीमा ढिलाई

पर्सामा द्वैध नागरिकविरुद्ध उजुरीको चाङ, कारवाहीमा ढिलाई

वीरगंज/ पर्सालगायत नेपालको विभिन्न जिल्लाबाट नक्कली कागजात पेश गरी नेपालको नागरिकता लिन सफल द्वैध नागरिकहरु विरुद्ध उजुरुको चाङ रहेको भएपनि अतिरिक्त मुद्राप्रति आशक्त कर्मचारीका कारण द्वैधमाथि समयमै कारवाही नहुँदा द्वैध नागरिकहरुको चलखेल पर्सा जिल्लामा दिनानुदिन बढ्दै गएको छ ।

नागरिकता विधेयक २०६३ को आड तथा भ्रष्ट कर्मचारीहरुका कारण भारत लगायत विभिन्न देशका नागरिकहरुले नक्कली कागजात खडा गरी पर्साबाट नागरिकता लिएको भनि जिल्ला प्रशासन कार्यालय पर्सा एवं जिल्ला प्रहरी कार्यालय पर्सामा ठूलो संख्यामा उजुरी परेको भएपनि दोहरो नागरिकहरु पैसाको बलमा जोगिँदै आएका छन् ।

प्रशासनमा उजुरी परेको द्वै नागरिक मध्ये एक हुन् जगदीश प्रसाद अग्रवाल । वीरगंज महानगरपालिका वडा नं.१० बसोबास भएको हाल ६४ वर्षीय जगदीश प्रसाद अग्रवाल । भारत राजस्थानका इन्द्रचन्द्र अग्रवालका जेठो छोरा अग्रवाल आफू भारतीय नागरिक भएर एक्लैले नेपाली नागरिकता लिएनन्, उनले आफ्ना श्रीमति एवं शाखासन्तान समेतलाई भारतीय पैसाको बलमा नक्कली कागजात खडा गरी नेपाली नागरिकता हासिल गराउन सफल भएको भन्दै निजहरुमाथि कारवाही गर्न २०७६ साल कार्तिक १९ गते जिल्ला प्रशासन कार्यालय एवं जिल्ला प्रहरी कार्यालय वीरगंजमा सप्रमाण उजुरी परेको थियो ।

सो उजुरीपछि अनुसन्धान अधिकारीहरु आर्थिक लाभका कारणले हो या अन्य कारणले सप्रमाण हुँदाहुँदै पनि कारवाही गर्न आलटाल गर्दै अग्रवालजस्ता द्वैध नागरिकलाई संरक्षण गर्दै आएको बुझिन्छ ।

अग्रवालले छोटो समयको अवधिमा नेपालमा अनेक कारोबार गर्दै अवैध सम्पत्ति जोडेका छन् भने नेपालमा आर्जन गरेको कालो धन भारतमा लगेर थुपार्ने एवं भारतमा जोडेको कालो धनलाई नेपालमा थुपारेर नेपालमा वित्तीय अपराध गर्दै आएका छन् ।

द्वैध नागरिकहरु विरुद्ध परेको उजुरी तथा जाहेरीमाथि कारवाही किन भएन भनि जिल्ला प्रहरी कार्यालयमा बुझ्न जाँदा जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारतीले गलत ढंगले नागरिता हासिल गरेकामाथि क्रमशः छानबिन भइ कारवाही हुने विश्वास दिलाउनु भयो । द्वैध नागरिक हुन् वा नेपाल सरकारले वर्जित गरेका क्रियाकलाप गर्ने जोकोही पनि सबैलाई कानुनको दायरामा ल्याएर कारवाही गर्न पर्सा प्रहरी प्रतिवद्ध रहेको सूचना अधिकारी डीएसपी भारतीले बताए ।

स्मरणरहोस्, बोराबाला भनेर चिनिने जगदीश अग्रवालले आफ्ना भाई राकेश अग्रवाल जो ग्रीन सिटी वीरगंजका सदस्य पनि छन् र प्लाइबोर्डका कारोबारी छन् उनलाई पनि नेपाली नागरिकता दिलाउन सफल छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -