२०८३ बैशाख २७ गते, आईतवार ०९:११

हिन्दू परिषद नेपालद्वारा दिपावली एवं छठ पर्वको शुभकामना आदान-प्रदान

धिरेन्द्र तिवारी/
वीरगंज/हिन्दू परिषद नेपाल वीरगंज महानगर कमीटीले सनातनीहरुको दोस्रो ठूलो पर्व दिपावली एवं छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

परिषद नेपालका केन्द्रिय अध्यक्ष संजय सर्राफको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा केन्द्रिय वरिष्ठ उपाध्यक्ष लाल बाबु प्रसाद कुर्मी, केन्द्रिय सचिव आमोद कुमार केवट, केन्द्रिय कोषाध्यक्ष बन्दना शर्मा, केन्द्रिय सदस्य सचितानन्द दुबे, केन्द्रिय सदस्य संतोष सर्राफ, केन्द्रिय सदस्य चितरंजन श्रीवास्तवलगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संजय सर्राफले शुभकामना मन्त्यको क्रममा उज्यालो र प्रकाशको पर्व दीपावलीले सम्पूर्ण देशवासीको जीवनमा सद्भाव एकता र मानवताको प्रकाश फैलियोस् भन्ने कामना गर्नु भयो । साथै सूर्यको उपासना गरि मनाइने आस्थाको पर्व छठको अवसरमा छठी माताले सम्पूर्ण भक्तजनहरुको कल्याण गरी देशमा शान्ति, एकता एवं हिन्दू राष्ट्र स्थापना गर्न नेताहरुमा सद्वुद्धि प्रदान गरुन् भन्ने कामना गर्नु भयो ।

हिन्दू परिषद नेपाल वीरगंज महानगर समिति अध्यक्ष श्यामबाबु प्रसाद गुप्ताको अध्यक्षतामा भएको सो कार्यक्रममा परिषदका पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, महानगर युवा उपाध्यक्ष राहुल वाडिया, महिला जिल्ला उपाध्यक्ष चाँदनी शर्मा, महिला जिल्ला उपाध्यक्ष रूपसिला जयसवाल, महिला जिल्ला सदस्य अनामिका बरनवाल, महिला जिल्ला सदस्य ज्योति साह,  ब्राह्मण समाजका अगुवा देवनाथ उपाध्याय, पंडित ध्रुप नारायण पांडे, नरेन्द्र तिवारी, परिषदका सल्लाहकार ध्रुप सिंह ठकुरी, प्रकाश उपाध्यायलगायतले पनि शुभकामना प्रदान गरेका थिए ।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM