२०८३ बैशाख २२ गते, मंगलवार ०१:५१

रौतहटका पाँच पालिका प्रमुखले संघीय सरकार विरुद्ध आन्दोलन गर्ने

राधेश्याम साह

रौतहट/रौतहटको गौर नगरपालिका सहित ५ वटा पालिकालाई बाढी सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न ढिलाइ गरे सरकारविरुद्ध आन्दोलन गर्ने स्थानीय पालिका प्रमुखहरूले चेतावनी दिएका छन्।

सरकारले बाढ़ी प्रभावित क्षेत्र घोषणा गर्दा रौतहटको अति बाढ़ी प्रभावित पालिकाहरूलाई विभेदपूर्ण ढंगले संकटग्रस्त क्षेत्र घोषणा नगरेकोले सो निर्णय तत्काल सच्याइनु पर्ने माग सहित रौतहटका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई दिइएको ज्ञापन पत्रमा स्थानीय पालिकाप्रमुखहरुले आन्दोलनको चेतावनी दिएका हुन्।

गौर नगपालिकाका मेयर शम्भु साहको अगुवाइमा माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव, बौधीमाई नगर प्रमुख प्रदीप यादव, इशनाथ नगर प्रमुख कौशल्या देवी र यमुनामाई गाउँपालिका अध्यक्ष महमद साउदले रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

स्थानीय तहको उपमेयर र वडा अध्यक्षहरुको पनि सहभागिता रहेको थियो।

रौतहटका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाईएको ज्ञापनपत्रमा भनिएको छ, “मिति २०८१/०६/१०.११ र १२ गतेको अविरल वर्षाको कारण मिति २०८१/०६/१३ गते रौतहट जिल्लाको अधिकाशं भागमा भिषण बाढी आउनुको साथै जिल्लाको पूर्वमा रहेको बाग्मती नदीले गढीमाई न.पा.को लक्षमीपुर र धर्मपुर तथा राजदेवी न.पा. को बाध वाढीले कटान गरेको त्यसै गरी जिल्लाको मध्य भागमा रहेको लाल बकैया नदीको झौवा, हर्षाहा, माधोपुर, बौधीमाई, इनर्वा तेजापाकड बारिया, स्थानमा बाघ बाढीले कटान गरेको कारण अधिकाशं, जिल्ला वासी पिडित भई किसानको हजारौं बिघा जग्गा धान वाली पूर्ण रुपमा नष्ट हुनको साथै व्यपारिक प्रतिष्ठान हरुको सामाग्रीहरु नष्ट भएकोले देश को विभिन्न भागमा आएको बाढी पहिरोको अवस्थालाई विश्लेषण गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभिन्न स्थानीय तहलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा गरी राहतको घोषणा गरेकोमा सो प्राधिकरणले रौतहट जिल्ला वा मधेश प्रदेश कै कुनै पनि स्थानीय तहलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा नगर्नु भेदभावपूर्ण व्यवहार हुनुको साथै रौतहट जिल्लावासी संग अन्यायपूर्ण व्यवहार गरेको ठहर गर्दा नागरिक समाजको अगुवाई मा मिति २०८१/०६/२१ गते प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र सौपिएकोमा रौतहट जिल्लाको किसान एवं व्यापारी वर्गलाई पर्न गएको असहनीय पिडा राज्यबाट अविलम्ब संवोधन हुन नसकेकोले नेपाल सरकार विरुद्ध हिन्दुहरुको महान पर्व वडा दशैंको समापन पश्चात चरण वद्ध आन्दोलन प्रारम्भ गर्ने निर्णय भएको व्यहोरा प्रमुख जिल्ला अधिकारी एवं नेपाल सरकारका सम्बन्धित निकायलाई जानकारी गराउने निर्णय गरिएको क्रममा नेपाल सरकार गृह मन्त्रालयको नेपाल राजपत्र खण्ड ७४ असोज २१ गते २०८१ साल अतिरिक्ताङ ३३ मा प्रकाशित सूचना अनुसार रौतहट जिल्लाको विभिन्न ५ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएकोमा सो तर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भई बागमती र लाल बकैया नदी छेउमा रहेको गौर नगरपालिका, माधब नारायण नगरपालिका, ईशनाथ नगरपालिका, बौद्धीमाई न.पा. र यमुनामाई गाउँपालिका बाढी वाट अति प्रभावित भए पनि विपद संकटग्रस्त क्षेत्र घोषणा नगरी पिडितलाई राज्यले संबोधन गर्न इन्कार गरेको महशुश भएकोले विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न छुट हुनुको साथै स्थानीय तहबाट प्रभावित जग्गाको विवरणमा समेत जिल्ला प्रशासन कार्यालय, रौतहट बाट क्षेत्रफल घटाई कायम भएको विवरण संसोधन हुने गरी गौर नगरपालिका, माधवनारायण नगरपालिका, ईशनाथ नगरपालिका, बौद्धीमाई नगरपालिका र यमुनामाई गाउँपालिकालाई अविलम्व विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न जोडदार माग गर्दछौं ।

अतः विपद पिडित नागरिकको पीडा संवोधन तर्फ नेपाल सरकारले यथा समयमा उपयुक्त निर्णय गर्न नसके सशक्त आन्दोलनको कार्यक्रम संचालन गर्न नेपाल सरकार आफैले बाध्य पारेको मानिने व्यहोरा समेत अनुरोध छ ।”

हेर्नुहोस् ज्ञापन :

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM