२०८३ बैशाख १ गते, मंगलवार १०:५१

पहाडले अब ‘जनसंख्या निर्यात’ गर्न सक्दैन

दशैंमा रोजगारी, अध्ययन वा अन्य कुनै कारण गाउँघर छोडेकाहरू धमाधम ‘घर’ फर्किएका छन् । गाउँ र दशैंको खास सम्बन्ध छ ।

गाउँले नै संस्कृति, परम्परा धानिदिएको छ । त्यसैले मानिसहरू शहरबाट दशैंमा त्यही संस्कृति र परम्परामा आफू पनि समाहित हुन शहर वा विदेश छोडेर गाउँघर आउने गरेका हुन् ।

गाउँ छोडेर समृद्ध र सुखी जीवनको कल्पनामा शहर वा विदेश पसेकाहरूलाई थाहा हुन्छ आफ्नो कार्यक्षेत्रले दशैंलाई भव्य रूपले मनाउन सक्दैन । आफन्त भेटघाट गराउन सक्दैन, आत्मीयता दिन सक्दैन र सुखको अनुभूति दिन सक्दैन । त्यसैले यो बेला ठूलो संख्यामा मानिस चलायमान हुन्छन् ।

नेपालमा दशैंको करिब एक महिना अवधिमा सबैभन्दा धेरै मानिसले अक्सर बसोबास गरिरहेको ठाउँ छोड्छन् । अर्थात् उनीहरू अस्थायी बसाइँसराइमा सामेल हुन्छन् । सरकारले औसतमा दशैंमा करिब १८ लाख मानिसले काठमाडौं उपत्यका छोड्ने अनुमान गरेको हुन्छ ।

करिब २५ लाख मानिस बसोबास गर्ने काठमाडौं उपत्यकामा विपत्ति नआउँदा दशैंमा कम्तीमा एक हप्ता, एक चौथाइ मानिस मात्रै बस्ने गर्छन् ।

२५ लाख अक्सर बसोबास गर्ने मानिस र प्रशासनिक, धार्मिक वा अन्य कामले संघीय राजधानी ओहोरदोहोर गर्ने मानिसलाई ध्यानमा राखेर बनाइएका यहाँका सडक, यातायात, होटल, रेस्टुरेन्ट दशैंका बेला रित्ता देखिने मुख्य कारण मानिसको अस्थायी बसाइँसराइ नै हो ।

बसाइँसराइ अर्थात् मानिसको उपस्थिति र अनुपस्थिति दुवै कुराले समाजमा कति फरक पर्दछ भन्ने हेर्न, बुझ्नका लागि दशैंका गाउँ र शहरलाई हेरे काफी हुन्छ । दशैंमा वर्षौंदेखि बसाइँ सरेर शहर बसेका मानिसहरू पनि गाउँ फर्किन्छन् ।

यो बेला एक दुई परिवार मात्र होइन अधिकांश घर भरिभराउ हुन्छन् । घरभरी मानिसहरू हुनु भनेको भान्साको खपत बढ्नु हो । भान्साको खपत मात्र होइन लत्ताकपडा, इन्धनदेखि मोबाइल रिचार्ज कार्ड र अन्य विलासी वस्तुको खपत एक्कासी बढ्छ गाउँमा ।

ती वस्तु तथा सेवाहरू खरिद–बिक्री बढेपछि गाउँको अर्थतन्त्रमा भाइव्रेसन आउँछ । अस्थायी नै सही, गाउँमा गुल्जार र खुशियाली देखिने एउटा कारण दशैं र अस्थायी बसाइँसराइको अर्थ सामाजिक परिवेश हो । दशैंसँगै गाउँ फर्किएकाहरूका कारण आफन्त, साथीभाइमा आत्मीयता र सामूहिकता बढ्छ ।

यस्तो आत्मीयता बढाउन पारिवारिक रूपमा दशैंको टीका आशीर्वाद थाप्न आउने जाने संस्कृति पौराणिककालदेखि चलिआएको छ ।

सामाजिक रूपमा विभिन्न विद्यालय, क्याम्पस, क्लबका पूर्व विद्यार्थी, पदाधिकारीका नाममा गाउँगाउँमा सम्मान, भेटघाट, अन्तरक्रिया जस्ता कार्यक्रम राखेर अर्को सामूहिकता थपिने गरेको छ ।

केही नमूनाहरू छन् जहाँ शिक्षाका अवसर पाएपछि झन् ठूलो मात्रामा मानिस बसाइँ हिंडेका छन् । शिक्षाको पुरानो केन्द्र आठराई अहिले मानवविहीन बन्ने अवस्थामा पुगेको छ । यो प्रवृत्तिले देखाउँछ– शिक्षालाई रोजगारीसँग जोडिएन भने मानिसको बसाइँसराइ रोकिंदैन ।

शहरलाई रित्तो बनाएर मानिसहरू गाउँतिर गएपछि यहाँको अर्थतन्त्र स्वतः सुकेर जान्छ । पसल, सडक, गाडी सबै रित्ता हुन्छन् । यो समयमा शहरको अर्थतन्त्र पूरै खुम्चिन्छ । त्यसैले भन्न सकिन्छ शहरको अर्थतन्त्र गाउँबाट हुने बसाइँसराइले धानिदिएको हुन्छ ।

शहरी अर्थतन्त्रको मूल भनेको गाउँ नै हो । यो दृश्य केवल काठमाडौंमा मात्र लागू हुने होइन, पोखरा होस् वा विराटनगर; वीरेन्द्रनगर होस् वा धनगढी ।

बुटवल होस् वा भरतपुर सबै ठूला शहरले दशैंमा व्यहोर्ने नियति उस्तै हो । त्यसैले अर्थतन्त्र उकास्न वा भसाउन बसाइँसराइको महत्व कति हुने रहेछ भन्ने अनुमान कसैलाई गर्नुछ भने दशैं वरपरका यिनै सात दिनलाई हेरे काफी हुन्छ ।

दशैंमा हुने अस्थायी बसाइँसराइ त हरेक वर्ष दोहोरिने दृश्य हो । यसले गाउँ र शहरको जनसंख्या र अर्थतन्त्रलाई छोटो समयका लागि भए पनि उथलपुथल पारिदिन्छ । दशैंको परिवेशमा लेखिएको यो आलेखमा नेपालीहरूको बसाइँसराइको प्रवृत्तिलाई हेरौं ।

बसाइँसराइका बदलिँदा बाटा

मानिस किन बसाइँ हिंड्छ ? यो प्रश्न बसाइँ सरेर आएका वा गएकाहरूलाई सोध्यो भने उत्तर धेरैथरी आउन सक्छन् । तर सबै उत्तरको सार करिब एउटै हुन्छ, त्यो भनेको आफ्नो र भावी पुस्ताको जिन्दगीलाई अझ सुखमय बनाउनका लागि ।

मानिस गतिशील प्राणी हो । त्यसैले बसाइँ हिंडिरहनु उसको मुख्य विशेषता हो । आदिमकालदेखि नै मानिस खानाको खोजीमा, सुरक्षित वासस्थानको खोजीमा बथानका बथान एक ठाउँबाट अर्को ठाउँमा बसाइँ हिंड्थे भन्ने कुरा हामीले पढेका हौं । सृष्टिको त्यही नियम पछ्याउँदै मानिस आजपर्यन्त बसाइँ हिंडेको हिंड्यै छ ।

एउटालाई राम्रो लागेको गन्तव्य अर्कालाई उजाड लाग्छ । अर्कालाई उजाड लागेको गन्तव्य तेस्रोलाई उर्वर लाग्छ । मानिस अनुसारको छनोटले बसाइँसराइका उद्भव र गन्तव्यहरू फरक–फरक हुने गरेका छन् ।

पुरानो फैलावट भनेको नेपालको आन्तरिक बसाइँसराइको प्रवृत्ति पश्चिम पहाडबाट पूर्वी पहाडतर्फ हो । अर्थात् नेपालको पश्चिम पहाडी र हिमाली क्षेत्रबाट मानिसहरू मध्यपहाडका पूर्वी क्षेत्रमा आवाद गर्न र सहज जीवनयापनका लागि आकर्षित भएको पाइन्छ ।

पूर्वी सिमानासम्म पुग्दा पनि आफ्ना आकांक्षाको सम्बोधन नभएपछि सिमाना कटेर भारतको आसाम, डुवर्स, सिक्किमसम्म काम गर्न नेपालीहरू पुगेका हुन् ।

उता पुगेका नेपालीमध्ये लाखौंको संख्यामा अझै उतै छन् । कतिपय त्यहाँ चिया रोप्ने, पशुपालन गर्ने, कोइलाखानीमा काम गरेर पैसा कमाए पुरानो गन्तव्यमा फर्के । पहाडबाट पूर्वी भारत पुगेका नेपालीहरू फर्कंदा पूर्वी तराईमा फर्किएर बसोबास गर्न थालेका हुन् ।

करिब सात दशक यता भने नेपालको बसाइँसराइको परम्परागत मूलबाटो उत्तरबाट दक्षिण भएको छ । अर्थात् मानिसहरू हिमाली र पहाडी क्षेत्रबाट तराईतर्फ बसाइँ सर्ने प्रचलन हो । त्यो पनि आफू बसोबास गरिरहेको ठाउँबाट सबैभन्दा नजिकको तराईमा ।

जस्तै ताप्लेजुङ, पाँचथरको मानिस बसाइँ सरेर झापा नै झर्ने प्रवृत्ति बढी हुन्छ । तेह्रथुम वा धनकुटाको मानिस मोरङ वा सुनसरी झर्दथ्यो ।

सुनसरीको इटहरी ।

भोजपुरको मानिस सुनसरी, ओखलढुंगा–खोटाङको मानिस उदयपुर बसाइँ सर्ने पुरानो मूलबाटो हो । जतिबेला सडक सञ्जाल थिएन, त्यसबेला पहाडमा नुन बोक्ने मूलबाटो पछ्याएर मानिसहरू तराई झर्ने गरेका थिए ।

तर अहिले जताततै उत्तर–दक्षिण सडक बनेका छन् । तिनका सहायक सडकहरू बनेका छन् । त्यसले गर्दा मानिसहरू अब बसाइँसराइका पुराना बाटा पछ्याइरहन बाध्य छैनन् । समयसँग मानिसले बसाइँ सर्ने बाटा बदलेको छ । गन्तव्य पनि फेरेको छ । यसमा प्रशासनिक संरचनाले पनि थोरबहुत काम गरेको छ ।

पूर्वपश्चिम राजमार्गमा पुल नबन्दासम्म २०४५/४६ सम्म कर्णालीका मानिस कर्णालीवारी नेपालगञ्ज र बाँके, बर्दियामा बसाइँ सर्थे । पुल बनेपछि उनीहरूको गन्तव्य कैलाली कञ्चनपुरतिर पनि सोझियो । हालसालै भेरी र कर्णाली करिडोरको निर्माणपछि माथ्लो कर्णालीको बसाइँ गन्तव्य सुर्खेततिर सरेको छ ।

जस्तै माथ्लो कर्णालीबाट नेपालगञ्ज आसपास बसाइँ सर्ने प्रचलन कर्णाली राजमार्गको निर्माणसँगै सुर्खेततिर सोझियो । सुर्खेत कर्णाली प्रदेशको राजधानी घोषणा भएपछि त झन् यो क्रम बढेको छ ।

जब २०२७/२८ सालतिर पूर्वपश्चिम राजमार्ग निर्माणको काम सुरु भयो तब मानिसहरू ठूलो संख्यामा हिमाल र पहाडबाट तराईमा बसाइँ सर्न थालेका हुन् । उनीहरू राजमार्गको आसपासमा बसे । यसको उदाहरणका लागि पूर्वको काकरभिट्टादेखि पश्चिमको महेन्द्रनगरसम्मका राजमार्गका बस्तीमा अधिकांश बसाइँसराइकै आधिपत्य छ ।

पाँच दशकमा उल्टिएको दृश्य

विगतमा पहाडबाट तराईतर्फ भएको बसाइँसराइ मुख्यगरी कृषि प्रयोजनमा थियो । पहाडमा जनसंख्याको चाप उच्च हुँदै गयो उत्पादनको सीमितताले त्यो जनसंख्यालाई पाल्न सक्ने अवस्था रहेन । अहिले जस्तो खाद्यान्न आयातको चलन थिएन ।

तर तराईमा सानो संख्यामा मात्र जनसंख्या थियो । जनसंख्याको मुख्य भार पहाडी क्षेत्रले नै ओगटेको थियो । २०२८ सालदेखि २०७८ सालसम्मका पाँच दशकमा नेपालको जनसांख्यिक वितरणमा बसाइँसराइले ठूलो उलटपुलट ल्याइदिएको छ ।

२०२८ सालमा भएको जनगणना अनुसार ४१.७ प्रतिशत भूभाग ओगटेको पहाडी क्षेत्रमा नेपालको आधाभन्दा बढी अर्थात् ५२.३ प्रतिशत जनसंख्याको बसोबास थियो । त्यो समयमा नेपालको जनसंख्या १ करोड १५ लाख ५५ हजार ९८३ थियो । त्यसमध्ये ६० लाख ७१ हजार ४०७ जना मानिस पहाडमा बस्दथे ।

२३.१ प्रतिशत भूभाग ओगटेको तराईमा ३७.६ प्रतिशत अर्थात् ४३ लाख ४५ हजार ९६६ जनसंख्याको बसोबास थियो । उत्ता ३५.२ प्रतिशत भूभाग ओगटेको हिमाली क्षेत्रमा ९.९ प्रतिशत अर्थात् ११ लाख ३८ हजार ६१० जनसंख्याको बसोबास थियो ।

बसाइँसराइको यो क्रम पहिला पहिला पूर्वी पहाडबाट पूर्वी तराईमा अत्यधिक थियो । राजमार्गको विस्तारसँगै यो क्रम पश्चिम पहाडबाट पश्चिम तराईसम्म नै सरेको छ । जनगणनाको तथ्याङ्क अनुसार २०२८–२०३८ को दशकमा अत्यधिक मानिसको बसाइँसराइ हिमालबाट तराईतर्फ भएको देखिन्छ ।

पहाडमा अघिल्लो दशक भन्दा जनसंख्याको हिस्सा २०३८ सालमा ५ प्रतिशतले घटेर ४७.७ प्रतिशत भयो भने हिमालको पनि १ प्रतिशत भन्दा बढी घटेर ८.७ प्रतिशतमा सीमित भयो । यी दुवै ठाउँमा घटेको जनसंख्या तराईमा थपिएको तथ्याङ्कले पुष्टि गर्दछ । यो वर्ष तराईको जनसंख्या अघिल्लो दशकको भन्दा करिब ६ प्रतिशतले बढेर ४३.६ प्रतिशत पुग्यो ।

हिमाली र पहाडी क्षेत्रमा शताब्दीऔंदेखि नेपालको बहुमत जनसंख्या बसोबास गरिरहेकोमा २०६८ सालको जनगणनाले यो प्रवृत्ति उल्टिएको तथ्याङ्क देखायो । यो जनगणनाले पहिलो पटक बहुमत नेपाली अर्थात् कुल जनसंख्याको ५०.३ प्रतिशत जनसंख्याको बसोबास तराईमा भएको देखियो । यो जनगणनासम्म आइपुग्दा पहाडी भूगोल तराईतर्फ जनसंख्या निर्यात गर्ने क्षेत्रको रूपमा परिचित भयो ।

पछिल्लो जनगणना २०७८ मा नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेकोमा तराईमा ५३.६ प्रतिशत अर्थात् १ करोड ५६ लाख ३४ हजार ६ जना मानिसहरू तराईको भूगोलमा बसोबास गर्दछन् ।

पहाडमा ४०.३ अर्थात् १ करोड १७ लाख ५७ हजार ६२४ जना मानिसहरू पहाडमा र ६.१ अर्थात् १७ लाख ७२ हजार ९४८ जना मानिस हिमाली भूगोलमा बसोबास गरेका छन् ।

तराईको जनसंख्या तीव्र वृद्धि हुने कारण पहाडबाट भएको बसाइँसराइलाई मात्र त मान्न सकिंदैन । तुलनात्मक रूपमा तराईको प्रजनन् दर हिमाल र पहाड भन्दा उच्च छ । नेपाल डेमोग्राफिक हेल्थ सर्भे (एनडीएचएस) २०२१ का अनुसार नेपालको कुल प्रजनन् दर २.१ भए पनि मधेश प्रदेशको २.७ रहेको छ ।

खुला सिमानाका कारण दक्षिणबाट आउने मानिसको चाप पनि तराईले व्यहोरेको छ । तथापि जनगणना वर्षहरूमा भएको जनसंख्याको परिवर्तन दर हेर्‍यो भने पहाड र हिमालको वृद्धिदर तुलनामा तराईको वृद्धिदर अत्यधिक देखिन्छ । जस्तै २०२८–२०३८ को दशकमा तराईको जनसंख्या वृद्धिदर हालसम्मकै उच्च देखिन्छ ।

त्यतिबेला कुल जनसंख्या वृद्धिदर २.६२ प्रतिशत हुँदा तराईमा करिब दोब्बर अर्थात् ४.११ प्रतिशत थियो । पहाडमा १.६५ र हिमालमा १.३५ प्रतिशत वृद्धिदर थियो । २०५८–२०६८ को दशकदेखि पहाड र हिमालको जनसंख्या वृद्धिदर १ भन्दा कम देखिन थाल्यो । यो क्रम हिमाल त २०६८–२०७८ को दशकमा ऋणात्मकतिर गयो ।

२०५८–२०६८ को दशकमा कुल जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत हुँदा तराईमा दोब्बर अर्थात् १.७२ प्रतिशत थियो । हिमालमा यो दर ०.५४ प्रतिशतमा सीमित भयो । यो कालखण्डमा माओवादीको सशस्त्र युद्धका कारण नेपालको पहाडी र हिमाली क्षेत्रबाट ठूलो संख्यामा मानिस सुरक्षाको खोजीमा तराई र काठमाडौं उपत्यकामा बसाइँ सरेका हुन् ।

२०६८–२०७८ को दशकमा हिमाली क्षेत्रको जनसंख्या वृद्धिदर ऋणात्मक भयो । अर्थात् अघिल्लो दशकमा भन्दा यस दशकमा यो भेगको जनसंख्या वृद्धिदर ०.०५ प्रतिशतका दरले घट्यो भने पहाडमा जनसंख्या स्थिर देखियो । यहाँको जनसंख्या वृद्धिदर ०.३० प्रतिशतमा सीमित भयो भने तराईको १.५४ प्रतिशतले वृद्धि भयो ।

जनसंख्या : वृद्धि रहेन, वितरण समस्या

नेपालमा लामो समयसम्म जनसंख्या वृद्धि नै विकास र अशिक्षाको बाधक हो भन्ने भाष्य निर्माण गरियो । हरेक दम्पतीलाई दुई सन्तानमा सीमित गराउन सरकारले सकेसम्म कोशिश गर्‍यो । त्यसका लागि परिवार नियोजन संघ लगायतका संघ–संस्था सक्रिय रहे ।

तर पछिल्लो एक दशकको तथ्यांकले अब जनसंख्या वृद्धि समस्या होइन बरु जनसंख्याको वितरण चाहिं मूल समस्या हो भन्ने स्थापित भएको छ । हिजो पहाडमा मात्र जनसंख्या थुप्रिंदा अनिकाल, बेरोजगारी, महामारी फैलने, अनेक खालका समस्या व्यहोर्नु परेको थियो । यतिसम्म कि मानिसहरू राज्य विरुद्ध संगठित हुने, आन्दोलन गर्ने अवस्था थियो ।

यसलाई समेत मध्यनजर गर्दै सरकारले नै पुनर्वासका नाममा जग्गा बाँडेर पहाडबाट मानिसलाई तराईतर्फ झारेको थियो । त्यसका लागि २०१६ सालमा पहिलो पटक चितवनको राप्ती उपत्यकामा दुई बिघा जग्गा सहित गोरखा, पर्वत, लमजुङ, बागलुङ लगायतका ठाउँबाट मानिसहरूलाई बसाइँ सारिएको थियो ।

यो कार्यक्रम विस्तार गर्दै नवलपरासी, बर्दिया, कैलाली, कञ्चनपुर, झापा, मोरङ, सर्लाही, धनुषा लगायत तराईका जिल्लामा विस्तार गरिएको थियो । पुनर्वास कार्यक्रमका राजनीतिक उद्देश्य पनि थिए तर यो कार्यक्रमले जनसंख्याको वितरणमा धेरै हदसम्म सन्तुलन कायम गर्दै तराईको भूमिलाई आवादीमा परिणत गर्न चाहिं सघाएको थियो ।

खासगरी युवाहरूमा यस्तो प्रवृत्ति देखिन थाल्यो कि गाउँमा ठूला सपना हुर्काउने बढाउने अनि ती सपना पूरा गर्न तराई झर्ने वा शहर पस्ने । तराई वा शहरले पनि ती सपना पूरा नगरिदिएपछि विदेश हान्निने ।

जनसंख्याको आकर्षण तराईमा कति छ भन्ने उदाहरण हेर्न जिल्लागत रूपमा दुई दशकको जनसंख्या वृद्धिदरलाई हेरौं । २०५८–२०६८ को दशकमा देशका २७ वटा हिमाली र पहाडी जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक देखियो । यो क्रम पूर्वी पहाडमा बढी देखियो । त्यसबेला पूर्वको पाँचथरदेखि पश्चिमको बागलुङसम्मको मध्यपहाडको जनसंख्या घट्यो ।

पछिल्लो दशक २०६८–२०७८ मा यो क्रम बागलुङदेखि पश्चिम फैलँदै सुदूरपश्चिम पहाडसम्मै पुगेर ३४ वटा जिल्लाको जनसंख्या घट्यो । रामेछाप, खोटाङ, मनाङ, भोजपुर आदि जिल्लाले यो दशकमा ठूलो जनसंख्या क्षति व्यहोरे । अघिल्लो दशकमा भन्दा पछिल्लो दशकमा जनसंख्या घट्ने क्रम पहाडमा बढेर गएको छ ।

उदाहरणका लागि २०५८–२०६८ र २०६८–२०७८ को दशकमा भएको जनसंख्याको परिवर्तन केही जिल्लाको उदाहरण हेरौं । पाँचथरमा अघिल्लो दशकको जनसंख्या वृद्धिदर –०.५२ प्रतिशत थियो भने पछिल्लो दशकमा –१.०२ प्रतिशत पुग्यो । त्यस्तै रामेछापको –०.४७ बाट –१.६७ प्रतिशतमा झर्‍यो । बागलुङको –०.०१ बाट –०.७ प्रतिशतमा पुग्यो ।

२०५८–२०६८ को दशकमा जनसंख्या वृद्धिको राम्रो अवस्थामा रहेका दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडी जस्ता जिल्लाहरूले २०६८–२०७८ को दशकमा जनसंख्याको ठूलो हिस्सा गुमाएर ऋणात्मक अवस्थामा पुगे ।

यसको मुख्य कारण यी जिल्लाहरूबाट भएको उच्च बाह्य बसाइँसराइ नै हो । आखिर ती जिल्लाबाट मानिसहरू कहाँ गए त ? उत्तरतिर घटेको जनसंख्या माथि भनिए जस्तै दक्षिणतिर निर्यात भयो । पहाडमा घटेको जनसंख्या तराईका जिल्लामा थपियो ।

उदाहरणका लागि तराईका केही जिल्लाको दुई दशकको जनसंख्या परिवर्तनको दृश्य हेरौं । झापामा २०५८–२०६८ को दशकको जनसंख्या वृद्धिदर १.६६ भएकोमा २०६८–२०७८ मा यो दर बढेर १.९७ पुगेको छ । यसैगरी मोरङमा १.३५ बाट १.६६ प्रतिशत पुगेको छ । त्यस्तै सिरहाको १.०४ बाट १.७ प्रतिशत पुगेको छ ।

यस्तै रूपन्देहीको २.१ बाट २.३ पुगेको छ । दाङको १.७ बाट १.९ पुगेको छ । लुम्बिनीको पश्चिम तराई र सुदूरपश्चिम तराई चाहिं जनसंख्या वृद्धिको उच्चतम विन्दुमा पुगेर क्रमशः झर्दै गएका छन् भन्ने तथ्याङ्कले देखाउँछ । बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको जनसंख्या वृद्धिदर क्रमशः ओरालो लागेको देखिन्छ ।

सम्झना पुर्ख्यौली थलोकै

कृषिमा निर्भर पहाडी समाजमा कडा शारीरिक मिहिनेत गर्नुपर्ने दिनचर्याबाट मुक्त हुन चाहन्थ्यो । पहाडको तुलनामा कम मिहिनेत गर्दा पनि उब्जनी धेरै हुने त्यसमा पनि मकैको विकल्पमा धानको उत्पादन हुने मधेश झर्ने सपना धेरै पहाडियालाई हुन्थ्यो नै । त्यसमा पनि जनजाति समूह भन्दा खस आर्य समुदाय तराईतर्फको बसाइँसराइमा बढी आकर्षित थिए ।

उनीहरूलाई आफूभन्दा पहिले मधेश झरेका आफन्तले सुनाएका मधेशका फाँटका किस्सा । धानको रासका कथा, मुरीको धोक्रो डडाल्नुमा बोकेर हिंड्नुपर्ने ठाउँमा राँगा गाडा र साइकलले त्यस्ता भारी बोकिदिने सपना जस्ता कथा सुनेर थप मानिस तराई झर्न उत्सुक भए ।

अर्कोतिर बसाइँसराइको विश्वव्यापी नियम के हो भने हरेक बसाइँसराइको छुट्टै सञ्जाल हुन्छ । उक्त सञ्जालले आफ्नो पुख्र्यौली थलोका आफन्त वा छिमेकीलाई आफैंतिर तान्ने प्रयास गरेको हुन्छ । बसाइँसराइले पनि नयाँ गन्तव्यमा आफू सुरक्षित हुन पुख्र्यौली थलोकै आफन्त वा छिमेकी बसोबास गरेको ठाउँमा नै बसाइँ सरेर आफ्नो गोलटोल बनाउँछ ।

बसाइँसराइको त्यो क्रम आन्तरिकदेखि अन्तर्राष्ट्रिय बसाइँसराइसम्म लागू हुन्छ । पुख्र्यौली थलोका बासिन्दाको गोलटोल हुँदै गएपछि तराईका गाउँका नाम पनि आफ्ना पूर्व थातथलो जस्तै राख्छन् बसाइँसराइवालाहरू । जस्तै पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्दा यस्ता धेरै वटा बोर्डहरू देखिन्छन् जहाँ तराईमा पहाडी गाउँका नामहरू छन् ।

मकवानपुरको हेटौंडा ।

जस्तै झापाको शिवसत्ताक्षीमा ताप्लेजुङको ‘थेचम्बु टोल’ त्यहाँ भन्दा केही पश्चिममा पाँचथरको ‘माङसेबुङ टोल’ देखिन्छ । यो मेहेरो पूर्वदेखि पश्चिमसम्म नै कसरी फैलिएको छ भने कपिलवस्तुको शिवराज गाउँपालिकामा प्युठान रोल्पा चोक भेटिन्छ ।

त्यो भनेको प्युठान र रोल्पाबाट झरेका मानिसहरूको बाहुल्य छ भन्ने एउटा सन्देश हो भने अर्कोचाहिं पुख्र्यौली थातथलोप्रतिको आत्मीयता पनि हो, जसले नयाँ ठाउँमा पनि उनीहरू पुरानै गाउँठाउँका नामले चिनिन चाहन्छन् ।

पानी र जवानी पहाडमा अडिंदैन भन्ने एउटा उक्ति छ । त्यो कुरा नेपालका पहाडी क्षेत्रमा अहिले ठ्याक्कै मेल खान्छ । निम्न मध्यमवर्गीय परिवारका पहाडी युवाहरू १८ वर्ष कट्न थालेपछि पढाइ छोडेर साउदी र मलेसिया पुग्छन् ।

आफू वैदेशिक रोजगारीमा गएर रेमिट्यान्स पठाउन थालेपछि आफ्ना सन्तानलाई नजिकका शहर वा तराईतिर बसाइँ सार्ने ती युवाको पहिलो काम हुन्छ । पहाडको गाउँले लगानी गरेर हुर्काए बढाएको युवाको कमाइ मधेश वा शहरी क्षेत्रले उपभोग गर्दछ ।

खोटाङबाट कतार गएका युवा छुट्टीमा आउँदा कटारीको बासिन्दा भइसकेको हुन्छ । तेह्रथुमबाट मलेसिया गएको अर्को युवा फर्कंदा इटहरीको बासिन्दा भइसकेको हुन्छ । त्यसैले पहाड पछिल्लो समय पाखुरा उत्पादन गर्ने कारखाना त बन्यो तर त्यसको प्रतिफल चाहिं उसले पाउन सकेन ।

खासगरी घट्दो जन्मदर र करिब दुई दशकयताको सघन बाह्य बसाइँसराइका कारण पहाडले बनाएको ‘जनसंख्या निर्यात गर्ने प्रदेश’ को परिचय अब लामो समय रहने देखिंदैन । किनकि निर्यात गर्ने ठाउँमा मानिसहरू धेरै घटेका छन् ।

पहाडको बढ्दो बसाइँसराइ रोक्न सकिन्छ कि भनेर सरकारले २०६६/६७ बाट मध्यपहाडका पाँचथरदेखि बैतडीसम्मका २६ वटा जिल्ला जोड्ने मध्यपहाडी राजमार्ग निर्माण गर्‍यो । तर, राजमार्गले बसाइँसराइ रोक्ने होइन बढाउने काम गर्‍यो । जहिलेदेखि यो राजमार्ग सञ्चालन हुन थाल्यो त्यसै समयदेखि पहाडबाट तराईको बसाइँसराइ झन् ठूलो मात्रामा हुन थाल्यो ।

राजमार्गले छोएका अधिकांश जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भयो । मध्यपहाडसँगै जोडिएका १४ वटा शहरलाई नमूना शहर बनाउने सरकारी योजना पनि पहाडको जनसंख्यालाई पहाडतिरै रोक्न केन्द्रित थियो । हरेक शहरमा कम्तीमा १ लाख मानिस बसाउने, त्यसै अनुसारको पूर्वाधार तयार गर्ने यो कार्यक्रम अलपत्र अवस्थामा छ ।

मानिसहरूमा यस्तो प्रवृत्ति देखिन थाल्यो कि गाउँमा ठूला सपना हुर्काउने बढाउने अनि ती सपना पूरा गर्न तराई झर्ने वा शहर पस्ने । तराई वा शहरले पनि ती सपना पूरा नगरिदिएपछि विदेश हान्निने युवाहरूको प्रवृत्ति नै भयो ।

प्रविधिमा बढ्दो पहुँच, विश्वको प्रगति र त्यहाँका मानिसको जीवनस्तर देखेका नेपाली युवाहरूमा देशमा केही भएन भन्ने भावना व्यापकताका साथ जगमगाएको छ । यो प्रचलन गाउँ–शहर–बजार सबैतिर सर्वत्र छ ।

अर्थात् यसो भनौं देश नै अहिले अधीरताका साथ चलायमान भएको छ । आम मानिस र खासगरी युवाहरूको मानसिकता अझै नबुझ्ने हो भने बाह्य बसाइँसराइले देशै रित्याउने जोखिम यथावत् नै छ ।

धेरैले भन्छन् शिक्षा नपाएर मानिस बसाइँ सर्छ । तर, केही यस्ता नमूनाहरू छन् जहाँ शिक्षाका अवसर छन्, त्यहाँबाट झन् ठूलो मात्रामा मानिस बसाइँ हिंडेका छन् । उदाहरणका लागि तेह्रथुमको आठराई क्षेत्रमा राणा शासनकै बेला २००३ सालमा त्रिमोहन स्कूल खोलियो ।

२०१७ सालमा चुहानडाँडामा त्रिविको आंगिक क्याम्पस खोलियो । यहाँका धेरै युवाहरूले गाउँघरमै उच्च शिक्षा लिने दुर्लभ अवसरको सदुपयोग गरे ।

तर त्यसको केही समयमा नै त्यो गाउँबाट यति ठूलो संख्यामा युवाहरू बसाइँ सरे, त्यसको हिसाबै छैन । किन त ? किनभने त्यहाँ उच्च शिक्षा लिएका मध्ये केहीले गाउँमै शिक्षकको जागिर पाए जागिर नपाएकाहरू आफ्नो योग्यता अनुसारको जागिर खोज्दै झापा र काठमाडौं हान्निए । गाउँ फर्किएनन् ।

अहिले शिक्षाको त्यति पुरानो केन्द्र आठराई नै मानवविहीन र उजाड बन्ने अवस्थामा पुगेको छ । मानिसको यो प्रवृत्तिले के देखाउँछ भने विकास होस् वा शिक्षा त्यसलाई रोजगारीसँग जोडिएन भने मानिसको बाह्य बसाइँसराइ रोकिंदैन ।

अन्त्यमा जनसंख्याको भारले थिचिंदै गएको तराईमा बसाइँ सर्ने क्रम सुरु हुँदै गर्दा सन् १९७५ तिर फ्रेडरिक गेजले आफ्नो पुस्तक ‘रिजनिलिज्म एण्ड नेसनल युनिटी इन नेपाल’मा तराईलाई ‘जनसंख्या तान्ने प्रदेश’ भनेका थिए । उनको कुरा समयले पुष्टि गर्‍यो ।

अन्नको भण्डारको रूपमा रहेको तराई मानवले भरिंदो छ । पछिल्ला चार दशक (२०३८–२०७८) मा तराई क्षेत्रको जनघनत्व १९३ बाट ४६० प्रति वर्ग किलोमिटर भएको छ ।

यही अवधिमा हिमाली क्षेत्रको जनघनत्व २५ बाट ३४ र पहाडको ११७ बाट १९२ पुगेको छ । त्यसले अबको चिन्ता पहाडमा जनसंख्यालाई कसरी टिकाउने भन्ने हो ।

तर सहजै भन्न सकिन्छ सरकारले जबसम्म पहाडको जनसंख्यालाई उत्पादनसँग जोड्दैन र त्यो उत्पादनलाई बजारसँग जोड्दैन तबसम्म पहाडमा जनसंख्या अडिन सक्ने देखिंदैन । विकास भन्नु नै सडक हो भन्ने मानसिकताबाट मुक्त नभएसम्म पहाडको बसाइँसराइ रोकिने छाँट छैन ।

यदि पहाडी भूगोलमा ठूलो मात्रामा कृषि र पर्यटनको प्रवर्द्धन गर्ने र त्यससँग आश्रित उद्योगहरू खोल्ने हो भने पहाडले जवानी अड्याउन सक्ने मात्र होइन तराईबाट पनि ठूला संख्यामा मानिसहरू निर्यात गर्न सक्दछ । तर अहिलेसम्मको हाम्रो सोच हेर्दा तत्काल यसो हुने सम्भावना देखिन्न ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM