२०८२ माघ २४ गते, शनिबार ००:२९

पार्टी फुट्दैन, आयाराम गयाराम भैरहन्छः माधव नेपाल

राधेश्याम साह/
रौतहट/नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा समाजवादी पार्टी नफुट्ने दाबी गर्नु भएको छ । समाजवादी एसलाई फोड्ने प्रयास भैरहेको भएपनि पार्टीका हरेक तहका इमान्दार खम्बाहरु एकजुट रहेकाले पार्टी नफुट्ने वहाँले दाबी गर्नु भयो ।

बिहीबार समाजवादी प्रेस संगठन नेपाल रौतहटले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी फुट्ने विषय हल्ला मात्र भएको दाबी गरे । उनले पार्टी फोर्ने दुस्साहस भए त्यो सफल नहुने जिकिर गरे ।

‘पार्टी फोर्ने दुस्साहस गरेको छ भने सफल हुँदैन । हल्ला चलेको हो । मैले संसदीय ‘दलको बैठक बोलाउँदा एकताबद्ध भएर अगाडि बढ्ने वक्तव्य दिएको हो । फाटफुट, आयाराम-गयाराम भइरहन्छ । गयाराम भन्दा आयाराम बढी छन् ।’

पार्टीलाई समाप्त पार्न खोज्ने प्रयास गर्नेहरू हुनु स्वाभाविक भएको अध्यक्ष नेपालको भनाइ छ । ‘यो धर्तीमा एस सिधियोस् ठान्ने पनि होलान् । प्रयास पनि गर्दा होलान् । त्यस्तो सूचना पाए हामी एकीकृत हुने थियौं । तपाईंहरू (पत्रकार) नेपालको खुफिया हो । सूचना पाए बताई दिनुहोला,’ उनले भने । उनले आफूमा कुनै राजनीतिक बेचैनी नरहेको जिकिर गरे ।
अनावश्यक पार्टी फोर्ने टिप्पणी गर्नेलाई पुर्व प्रधानमन्त्री माधब नेपालले भने फुलको आँखामा फुलै संसार ,काडाको आँखामा काडै संसार हुने बताए ।

बाढी पहिरो लगायत देशमा आएको  प्राकृतिक विपत्तिबाट क्षतिग्रस्त पुल र सडक मर्मत गरि तत्कालै सुचारु गर्न सरकार लाग्नु पर्ने बताउनु भयो । उहाँले “बाढीपहिरो प्रभावितलाई उद्धार र राहतका लागि मन्त्रिपरिषदका सबै सदस्यहरूले एक जुट भएर ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर अगाडी बढुनु पर्ने बताए ।

तपाईं प्रधान मन्त्री बन्न कत्तिको इच्छुक हुनुहुन्छ भन्ने प्रश्नमा अध्यक्ष नेपालले यसअघि पनि आफू रहरले नभई परिस्थितिले प्रधामन्त्री बनेको बताए । ‘प्रधानमन्त्री मैले मागेको होइन, परिस्थितिले मेरो माग गर्‍यो । गिरिजाप्रसाद कोइरालाजीले मलाई अफर गर्नु भयो, नेपाली कांग्रेसले अफर गर्‍यो अनि मात्रै बनेको हो’, उनले भने । आफूलाई पदको लोभ नभएको र आफ्नो पार्टीले देश र जनताको सर्वोत्तम हितमात्र चाहेको नेपालको दाबी थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM