२०८३ बैशाख १ गते, मंगलवार ११:२९

रेकर्ड ब्रेक वर्षाले काठमाडौं उपत्यकामा ठूलो क्षति

१२ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा रेकर्डब्रेक वर्षाले धनजनको ठूलो क्षति भएको छ ।

तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्दार गरिएको छ भने २१ जना हइरहेका प्रहरीले जनाएको छ ।

बागमती, नख्खु लगायतका सबै नदीमा आएको बाढीले करिडोर सडक मात्र होइन, आसपासमा भएका संरचनामा समेत क्षति पुर्‍याएको छ । शुक्रबार र शनिबार काठमाडौं उपत्यकामा यति धेरै वर्षा भयो कि केही वर्षा मापन केन्द्रमा रेकर्ड नै तोडिएको छ ।

सबैभन्दा बढी वर्षा ललितपुरको चापागाउँमा भएको छ । त्यहाँ २४ घण्टाको अवधिमा ३२३ मिलिमिटर वर्षा भएको छ ।  यसअघि २००२ मा २०० मिलिमिटर वर्षा भएको रेकर्ड छ ।

काठमाडौंको पानीपोखरीमा पनि ५३ वर्ष पुरानो रेकर्ड तोडिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार पानीपोखरीमा सन् १९७१ मा १९८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो, यसपटक २२५.२ मिलिमिटर वर्षा मापन भएको छ ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नैकाप, नागार्जुन, चाँगुनारायण, बूढानीलकण्ठ, खोकना, जितपुरफेँदी र नङ्खेलमा पनि वर्षाको पुरानो रेकर्ड तोडिएको छ ।

बंगालको खाडीको उत्तरपट्टी न्यूनचापीय प्रणाली विकास भएको थियो । अर्थात् यो नेपालको नजिक थियो । यो प्रणाली उत्तरतिर हानिएको हुनाले यसले नेपालमा धेरै नै जलवाष्प ल्यायो । र, ठाउँठाउँमा भारीदेखि अति भारी वर्षा भएको थियो ।

कोशी प्रदेशको दक्षिणपूर्व (झापा)बाट वर्षा सुरू भएको थियो ।  त्यसपछि गण्डकीको दक्षिण, बागमतीको दक्षिण र लुम्बिनीका थोरै स्थानमा भारी वर्षा गरायो ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले बागमती प्रदेशका जिल्लामा बढी क्षति पुर्याएको छ ।

क्षति बढी हुनुको प्रारम्भिक कारणमा बागमती प्रदेशमा यो प्रणाली केन्द्रित हुनुलाई मानिएको छ ।

विपदविज्ञ डा. धर्मराज उप्रेतीका अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा बढी वर्षा हुनुका मुख्य दुई कारण छन् । उनले भने, ‘बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पश्चिमउत्तर लाग्नु र एन्टिसाइक्लोनिक अवस्थाले सुदूरपश्चिमतिरबाट गण्डकी/बागमतीतिर धकेल्नु मुख्य कारण हुनसक्छ ।’

यद्यपि थप अनुसन्धान आवश्यक रहेको उनले बताए । बंगालको खाडीबाट ठूलै सिस्टम आएकाले क्षति पनि ठूलै भएको विपदविज्ञ उप्रेती बताउँछन् ।

सुदूरपश्चिममा मिलेन पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले ७ असोजको दिन साँझ ६ बजे विशेष बुलेटिन जारी गरेर असोज १० गतेदेखि १२ गतेसम्म मनसुन सक्रिय हुन लागेको भन्दै २७ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको थियो । जोखिम नक्सामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम र कोशी प्रदेशका दुई जिल्ला (इलाम र पाँचथर) मात्र थिए ।

तर असोज ९ गते फेरि अर्को विशेष बुलेटिन जारी गरेर ५६ जिल्लालाई उच्च जोखिममा र १९ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको थियो ।

त्यसमा सुदूरपश्चिमका डोटी, कैलाली र अछामलाई अति जोखिम हुनसक्ने भनेर रातो रङले अंकित गरिएको थियो । यसैगरी डडेलधुरा, कञ्चनपुर, बझाङ, बाजुरा, दार्चुला, बैतडीलाई गाढा पहेँलो रङले अंकित गरेर मध्यम जोखिमको सूचीमा राखिएको थियो ।

अन्य प्रदेशमा महाशाखाले पूर्वानुमान गरेअनुसार नै वर्षा भएपनि सुदूरपश्चिममा भने भएन । पहिलो दिन कैलालीमा १०१ मिलिमिटर जति मात्रै वर्षा भएको थियो । ‘पूर्वानुमान नमिलेपछि अपडेटेड बुलेटिनमा सुदूरपश्चिमलाई संशोधन गरिएको थियो,’ जल तथा मौसम विज्ञान विभागका एक वरिष्ठ मौसमविदले अनलाइनखबरसँग भने, ‘नेपालको विशिष्ट भौगोलिक विशेषताका कारण नेपालमा वर्षा पूर्वानुमान गर्न गाह्रो छ । अध्ययन, मोडेल पर्याप्त छैन, त्यसका बाबजुद यत्तिको पूर्वानुमान मिल्नु राम्रो हो ।’

भारतबाट मनसुन बाहिरिने तरखरले सुदूरपश्चिममा असर

सुदूरपश्चिमका जिल्लाहरूमा तुलनात्मक रुपमा कम पानी पर्नुमा मनसुनी वायु भारतको राजस्थानबाट बाहिरिँदै जानु पनि एउटा कारण मान्छन् डा. उप्रेती ।   ‘मनसुन बाहिरिने तरखरको तातो हावा अर्थात् एन्टी साइक्लोन सिस्टमले पानी पार्ने प्रणालीलाई धकेलेर गण्डकी र बागमतीतिर पुर्याइदियो’, उनले भने, ‘त्यसैले सूदूरपश्चिमतिर कम र गण्डकी, बागमतीसहित पूर्वी नेपालमा तिर बढी पानी पर्यो ।’

यसपालिको मनसुन बाहिरिने क्रम पाकिस्तान, अफगानिस्तानको तल्लो भागदेखि भारतको राजस्थानबाट पन्जाबसम्म पुगिसकेको छ । दुई/चार दिनपछि सुदूरपश्चिमतिरबाट पनि मनसुन बाहिरिने संकेत देखिन सुरू हुने आंकलन मौसमविदहरूको छ ।

बंगालको खाडीबाट सिर्जना भएको न्यूनचापीय अवस्थाले सामान्यतया वायुमा पानीको मात्रा कति छ भन्ने हिसाबले वर्षाको मात्रा पनि आँकलन गर्न सकिन्छ । त्यसले कुनै निश्चित पेरिफेरी बनाउँछ र त्यही ठाउँमा केन्द्रित भएर पानी पार्छ । त्यसलाई मौसमविदहरु ‘आइसोलेटेड रेनफल’ भन्छन् ।

शुक्रबार र शनिबार नुवाकोटको विदुर, ललितपुरको गोदावरी, मकवानपुरको हेटौंडा र आसपास पेरिफेरि बनाएर वर्षा भएको छ । हाल यो प्रणाली काभ्रे, रामेछापतिर सरिरहेको छ ।

त्यसैले काभ्रे, रामेछाप, ललितपुर, मकवानपुर र काठमाडौं उपत्यकामा बढी वर्षा भएको ठानिएको छ  ।

बूढानीलकण्ठमा रेकर्ड ब्रेक वर्षा भएपनि अन्य केन्द्रको तुलनामा कम वर्षा भएको छ ।  यदि ललितपुर, मकवानपुरतिर जस्तो वर्षा बूढानीलकण्ठतिर हुन्थ्यो भने काठमाडौंमा अझै धैरे क्षति हुनसक्थ्यो । किनभने काठमाडौंमा खोला नदीहरु उत्तरतिरबाट बग्दै आउँछन् ।

‘नेपालबाट मनसुन नबाहिरिएको बेला यो सिस्टम पनि मिसिएकाले ठूलो वर्षा भयो,’ उप्रेतीले भने, ‘राम्रो त के भयो भने यो साइक्लोनको रुपमा परिणत भएन । सुरुमा त यसले तुफान पनि ल्याउने अनुमान थियो । तर यो पानीको रूपमा मात्र आयो ।’

हावापानी तथा विपद् सम्बन्धी अनुसन्धानकर्मी ङमिन्द्र दाहाल मनसुन सुरु हुनुभन्दा अघिको समयलाई विपद पूर्वतयारीको समयको रुपमा लिनुपर्ने बताउँछन् । तर त्यसअनुसार काम नहुँदा हरेक वर्ष जनधनको क्षति हुने गरेको छ ।

उनका अनुसार जल तथा मौसम विज्ञान सम्बन्धी गहिरो अध्ययन र त्यसका सेवाहरू प्रभावकारी बनाउँदा जलवायु परिवर्तनका असरहरूलाई केही हदसम्म थेग्न सकिन्छ । तर सुन्दा उस्तै लागे पनि काम गर्ने क्रममा जल, मौसम र जलवायु तीनवटा अलग–अलग आयाम हुने भएकाले तिनलाई सम्बोधन गर्न फरक–फरक नीति हुनुपर्ने उनको धारणा छ । यद्यपि नेपालमा धेरै खालका नीति नियमहरू बन्दा पनि कार्यान्वयन पक्ष फितलो हुने गरेकाले त्यसतर्फ ध्यान दिनुपर्ने उनी बताउँछन् ।

डा. उप्रेती पनि विपदलाई प्रत्येक क्षेत्रगत हिसाबले हेरेर पूर्व सूचना प्रवाह र प्रतिकार्य योजना बनाउनुपर्ने बताउँछन् । तर नेपालमा त्यसअनुसार नभएको बताउँदै उनले भने, ‘वर्षा सुरु भएपछि मात्रै बाढीको कुरा गर्ने, भूकम्प आएपछि मात्रै भूकम्पको कुरा गर्ने, पहिरो आएपछि पहिरोको कुरा गर्ने जुन कल्चर छ त्यसलाई बदल्नुपर्छ भन्ने पाठ पनि यसले सिकाएको छ ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM