२०८२ असार ३१ गते, मंगलवार १८:२९

गौर नगरका सामुदायिक विद्यालयमा मेयर साहको छड्के

राधेश्याम साह

रौतहट/ गौर नगरपालिकाको मेयर शम्भु साहले साह सोमबार बिहान ११:३०बजे गौर नगर भित्रमा रहेको सामुदायिक विद्यालयमा  आकस्मिक निरीक्षण गर्न पुगे।

त्यस विद्यालयमा मेयर साहले आकस्मिक प्रवेस गरि विद्यार्थीसँग बसेर केहि बेर कक्षामा हुने गरेको शिक्षणसिकाईको प्रकृया बुझदै गौर नगरपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयहरुको अनुगमन गरेका छन्। मेयर साहले गौर–५ स्थित अधारभुत विधालय वालमंदिर सहित गौर नगरकै वार्ड नं १,२,३, लगायतका अधारभुत अनुगमन गरेका छन ।

शैक्षिक शाखाका संयोजक सहितको टिमलाई लिएर विद्यालय पुगेका मेयर साहले विद्यार्थीहरुसँग अन्तरक्रियासमेत गरेका थिए ।

उनले विद्यालयको भौतिक संरचनाको अवस्था, शैक्षिक गुणस्तर, विद्यार्थीको नियमितता, शिक्षकहरुको लगनशीलता, गृहकार्यको अवस्थालगायतका विषयमा जानकारी लिएका थिए ।

मेयर साहले सामुदायिक विद्यालयका भौतिक अवस्था, पूर्वाधार विकास तथा शैक्षिक स्तरबारे जानकारी लिएका थिए। यसबाट मेयर साहले शिक्षा नियमावलीअनुसार नगरको प्रत्येक वडामा एक नमुना विद्यालय बनाउन आफू लागि परेको बताएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM