वीरगंज/लुम्बिनी हेल्थ केयर प्रालिले ठेक्का हासिल गरी आपूर्ति गरेको एमआरआई मेसिन जडान र सुचारु नगरिदिंदा वीरगंजस्थित अस्पतालमा उपचारकालागि आउने विरामीहरूले सास्ती भोग्नु पर्ने अवस्था सिर्जना भएको छ ।
प्राप्त खबर अनुसार झण्डै ३० करोड मूल्य बराबरको एमआरआई मेशिन जडान गर्न अस्पतालबाट लुम्बिनी हेल्थ केयर प्रालिले २४ करोड ६ लाख ४६ हजार रुपैयाँ भुक्तानी लिइसकेर पनि सम्झौता अनुसार पाँच महिनादेखि उक्त मेशिन जडान नगर्दा अस्पतालमा उपचारकालागि आउने गम्भिर प्रकृतिका विरामीहरूले सास्ती बेहोरिरहेका छन् ।
एमआरआई मेशिन संचालनमा नआउँदा दैनिक सात जना भन्दा बढी विरामीहरू बाहिर निजी अस्पतालमा चर्को मूल्यमा एमआरआइ गराउनु पर्ने बाध्यताले विरामीलाई उपचारमा कठीनाई मात्र हुने नभई अस्पतालले मासिक १० देखि १२ लाखसम्म घाटा बेहोर्नु परेको छ । त्यति मात्र नभई एमआरआईकालागि विरामीहरूलाई बाहिर पठाउनु पर्दा अस्पताल व्यवस्थापनको सक्षमतामाथि आशंका मात्र नभई समयमा उपचार नहुँदा विरामीहरूले अनेक क्षति समेत बेहोर्नु परेका गुनासाहरू आउन थालेका छन् ।
मानिसको स्वास्थ्यजस्तो संवेदनशील विषयमा उपकरणहरूको व्यवस्थापन र संचालन दुरुस्त किन नराख्नु भएको ? भनेर नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्तालाई प्रश्न गर्दा उनले पाँच महिना अघि नै श्री लुम्बिनी हेल्थ केयर प्रालिले अस्पतालमा मेशिन राखिदिएर ८० प्रतिशत रकम भुक्तानी लिइसकेको भएपनि उक्त मेशिनलाई बदनियतपूर्वक लक गरीराखेको कारण विरामीहरूले सास्ती बेहोर्नु पर्ने अवस्था आएको स्वीकार गर्नु भयो ।
अस्पताल स्रोतबाट प्राप्त जानकारी अनुसार एमआरआई मेशिन आपूर्ति तथा जडानका लागि श्री सुम्बिनी हेल्थकेयर प्रा.लि., काठमाण्डौं कम्पनी तथा यस नारायणी अस्पतालबीच २०७९ असार १९ गते भएको सम्झौता बमोजिम कुल सम्झौता रकम तीस करोड आड लाख आठ हजार दुई सय रुपैयाँको ८० प्रतिशत रकम भन्सार बिन्दुमा मेशिन आएपछि तथा अस्पतालमा जडान भई सुचारु भएपछि २० प्रतिशत भुक्तानी एलसीमार्फत युनाइटेड इमेजिन हेल्थकेष्यर मलेसियालाई भुक्तानी हुने सन्दर्भमा २०८१ जेष्ठ ११ मा फेरि अन्तिम भुक्तानी रकम २० प्रतिशत रकमलाई १७ प्रतिशत र अन्तिम भुक्तानी ३ प्रतिशत हुने भनी संशोधन भएको थियो जस अनुरुप अस्पतालले २४ करोड छ लाख ४६ हजार पाँच सय ६० रुपैयाँ ठेक्का सम्झौता दरबमोजिम १७ प्रतिशत भुक्तानी हुने रकमको आयकर ऐन, २०१८ को दफा ८९ को उपदफा ३ मा कुनै बासिन्दा व्यक्तिले ठेक्का वा करार अन्तर्गत कुनै गैरबासिन्दा व्यक्तिलाई भुक्तानी गर्दा ५ प्रतिशतले कर कट्टि गर्नुपर्ने व्यवस्था भए बमोजिम हालसम्मको भुक्तानी भएको रकम ८० प्रतिशत भुक्तानीको अग्रिम कर एक करोड २० लाख ३२ हजार तीन सय २८रुपैयाँ भुक्तानी हुने रकम १७ प्रतिशत रकम पाँच करोड २२ लाख १९ हजार पाँच सय २२ रुपैयाँ को अग्रीम कर २६ लाख १० हजार नौ सय ७६ रुपैयाँ गरी जम्मा अग्रिम कर रकम एक करोड ४६ लाख ४३ हजार तीन सय चार रुपैयाँ सम्बन्धीत पक्ष लुम्बिनी हेल्थकेयर प्रा.लि. बानेश्वरबाट दाखिला गराउनको लागि अस्पतालले ताकेता गर्दा लुम्बिनि हेल्थकेयर प्रा.लि.ले नेपाल सरकारको कानून अनुसार फाइनल सेटलमेन्ट मा बुझाउने तथा बेरुजुको दायित्व सिर्जना भएमा त्यसको जिम्मा लिने जनाएपनि हालसम्मको पूरै अग्रिम कर एवं विदेशी आयमा लाग्ने कर दाखिला गर्न अस्वीस्कार पनि गर्दै आएको र मेशिन मा लगाएको लक नखोलिदिंदा सेवाग्रही विरामीहरू मर्कामा परी उपचारकालागि महंगो दरका निजी हस्पिटल एवं) वीरगंज बाहिर जानुपर्ने बाध्यता आइपरेको बताइन्छ ।
३० करोड मूल्यमा आपूर्ति गरिएको सो मेशिन संचालन नहुँदै वारेन्टी अवधि सकाउने तथा त्यसपछि त्यसको जवाफदेहिता आफूमा नरहने लुम्बिनी हेल्थकेयरको बदनियत देख्दा उक्त एमआरआई मेशिनको गुणस्तरियतामाथि पनि आशंका उत्पन्न भएको छ ।