२०८३ बैशाख २२ गते, मंगलवार २०:३७

काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

देउवाले आज अपरान्ह २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको सहभागिता हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसको समर्थनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउने दाबि गरेको अवस्थामा नयाँ सरकारको गठन, कांग्रेसबाट सहभागी हुने मन्त्रीहरुको विषयमा बैठकमा छलफल हुने बताइएको छ।

कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने चर्चा चलिरहेको छ। अहिलेसम्म कांग्रेसबाट रमेश लेखक, आरजु राणा, प्रदीप पौडेल लगायत मन्त्री बन्ने चर्चा रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM