२०८२ माघ ९ गते, शुक्रबार १०:४९

‘रेड एडभाइजरी’ जारी भएका सडकमा रात्रिकालीन सवारी चलाउन रोक

काठमाडौं। मनसुनका कारण उच्च जोखिमका सूचना जारी भएका सडकखण्डमा रात्रिकालीन सवारी चलाउन रोक लगाइने भएको छ।

शुक्रबार गृहमन्त्रालयमा गृहसचिवको नेतृत्वमा बसेको सुरक्षा निकायका साथै सरोकारवाला निकायसँगको छलफलले जल तथा मौसम पूर्वानुमान महाशाखाले रेड एडभाइजरी जारी गरेका जिल्ला र क्षेत्रमा रात्रिकालीन सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो। त्यस्तो व्यवस्था यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुले मिलाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले सदनमा जानकारी गराए।

उनले टिकट काटेर मात्रै यात्रा गर्न आग्रह गर्दै टिकट काटे वा नकाटेको अनुगमन गर्न ट्राफिक प्रहरीलाई सक्रिय गर्ने निर्णय भएको बताए।

सडक अवरुद्ध भएका स्थानहरूको जानकारी लिई त्यस स्थानमा पुग्नु अगावै सुरक्षित एवं खाद्यान्न, शौचालय लगायतको व्यवस्था भएका स्थानमा सवारी रोक्नुपर्ने व्यवस्था गर्ने निर्णय भएको लामिछानले बताए।

ठूला सवारी साधन चल्न अनुमति नदिइएका अन्य मार्गहरूमा पटकपटक पटके परमिट काटी ठूला बस ट्रक लगायतका सवारी साधन चल्न दिने व्यवस्था तत्काल बन्द गर्ने पनि निर्णय पनि भएको उनले बताए।

उनले चितवनमा पहिरोमा परेको बसेको खोजी कार्य तीव्रताका साथ अघि बढाइएको जानकारी दिए। बाढी र पहिरोका कारण ३८ जिल्ला प्रभावित भएको उनले बताए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM