Thursday, July 25, 2024
घरक्राइम चेकउपप्रधानमन्त्री नपाएपछि सरकारमा नजाने थापाको निर्णय

उपप्रधानमन्त्री नपाएपछि सरकारमा नजाने थापाको निर्णय

काठमाडौँ/शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएलगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदैछ।

नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनुअघि नै केपी ओली नेतृत्वको सरकारमा को–को सहभागी हुने भन्नेबारे कांग्रेस–एमालेभित्र तयारी तीव्र भएको छ। दुवै दलबाट सरकारमा जान हानाथाप छ।

एमालेमा ओलीले जसलाई चाह्यो उही नै मन्त्री हुने भएकाले उनलाई कसरी रिझाउने भन्ने होड छ। तर कांग्रेसभित्र भने छलफलबाटै भावी मन्त्रीको टुंगो लाग्दै गएको नेताहरु बताउँछन्। ओली र देउवाले सकेसम्म उपप्रधानमन्त्री नराखी मन्त्रिपरिषद् बनाउने तयारी गरेपछि कांग्रेस महामन्त्री गगन थापा सरकारमा सहभागी नहुने भएका छन्।

काँग्रेस स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले थापालाई सरकारमा जान आग्रह गरे पनि उनले ‘उपप्रधानमन्त्री’को वरियता पाए जाने मात्रै जाने जवाफ दिएका छन्। देउवाले उपप्रधानमन्त्री दिन नसकिने बताएपछि थापाले ‘त्यसो भए म जान्न’ भनेको स्रोतले बतायो। थापा नगएपछि सम्भवतः अब उनको कोटाबाट प्रदीप पौडेलको सम्भावना बढेको छ।

त्यस्तै, कांग्रेसबाट सरकारमा जान पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले लविङ गरिरहेका छन्। उनीहरु दुवै जना पूर्वउपप्रधानमन्त्री नै हुन्। सिंहले बुढानीलकण्ठ नै पुगेर आफूलाई अबको सरकारमा कांग्रेसको नेतृत्व गरेर पठाउन सभापति देउवालाई आग्रह गरेका छन्। सिंहलाई पठाएको खण्डमा रक्षा मन्त्रालयको जिम्मेवारी दिइने चर्चा कांग्रेस वृत्तमा छ। सिंहको नेतृत्वमा आफ्ना सांसदलाई ओली सरकारमा पठाउन देउवा सकारात्मक छन्।

सिटौलाले पनि सरकारमा जान सकेसम्म बल लगाइरहेका छन्। एमाले–कांग्रेस गठबन्धनको विपक्षमा रहेको आरोप लागेका पूर्णबहादुर खड्का यसपटक मन्त्रीको लाइनबाट आउट छन्।

त्यस्तै, कांग्रेसबाट नेत्री आरजु राणा पनि सरकारमा जाने बलियो सम्भावना छ। उनलाई परराष्ट्रमन्त्री बनाउने गरी छलफल भइरहेको बताइन्छ। उपप्रधानमन्त्रीको दौडबाट बाहिर रहेका रमेश लेखक गृहमन्त्री हुने पक्काजस्तै छ।

कांग्रेसले गृह मन्त्रालय र एमालेले अर्थ लिने सहमति भइसेको छ। कांग्रेस–एमाले सरकार निर्माणका हर्ताकर्ता लेखकले गृहको जिम्मेवारी पाउने भएका हुन्। त्यस्तै कांग्रेसबाट बद्री पाण्डे, अयज चौरसिया, सरिता प्रसाई, तेजुलाल चौधरी पनि मन्त्री हुने बलियो संभावना छ।

चन्द्र भण्डारीले पनि आफूलाई ओली सरकारमा मन्त्री बनाउन लविङ जारी राखेका छन्।

उता एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई नै सुम्पेको छ। बुधबार बसेको सचिवालय बैठकले परिणाम दिने गरी काम गर्नसक्ने मापदण्ड तय गर्दै मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको हो। एमाले स्रोतका अनुसार कांग्रेसले टुंगो लगाए आफूलाई त्यहीअनुसार मन्त्री छान्न सहज हुने रणनीतिमा ओली छन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -