२०८३ जेष्ठ २९ गते, शुक्रबार २३:०७

धेरैबेर उमालेर पकाइएको चिया पिउनु किन हानिकारक ?

मीठो चियाको चुस्कीसँगै दिनको सुरुवात गर्ने नेपाल, भारत लगायत दक्षिण एसियाली मुलुकको आम चलन नै हो । यी मुलुकमा चिया पिउने चलन अत्यधिक छ ।  चिया बनाउने पनि भूगोल र हावापानीअनुसार फरक-फरक तरिका छन् । हरेक व्यक्ति आफ्नो स्वाद अनुकूल चिया बनाएर यसको आनन्द लिन्छन् ।

नवभारत टाइम्समा प्रकाशित लेखअनुसार भारतका हरेक घरमा दूध हालेको चिया धेरै बनाउँछन् । नेपालको हकमा पनि यही कुरा लागू हुन्छ । अधिकांश मानिस चिया बनाउने यही एक तरिका अपनाउँछन्, चियापत्तीलाई पानीमा हालेर धेरैबेरसम्म आगोमा राखेर पकाउने ।

धेरैलाई लाग्छ चियालाई धेरैबेर उमालेर पकाउँदा यसको स्वाद मीठो हुन्छ । कतिपय व्यक्ति दूध र चियापत्तीलाई एकैसाथ उमाल्ने समेत गर्छन् । तर धेरैलाई थाहा छैन, धेरैबेर उमालेर चिया पकाउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

भारतीय पोषणविद् शिखा अग्रवाल शर्माका अनुसार चियालाई सही तरिकाले पकाउन जाने यसका फाइदा धेरै छन् । सही तरिकाले पकाइएको चिया पिउँदा रोगप्रतिरोधात्मक क्षमता बढाउने, वजन कम गर्ने, ब्लग सुगरको मात्रा नियन्त्रणमा राख्न सहयोग पुग्छ । तर चियापत्तीमा क्याफिन हुने भएकाले यसलाई धेरैबेर उमाल्नु हानिकारक हुने पोषणविद् अग्रवाल बताउँछिन् ।

क्यान्सरको जोखिम

विशेषज्ञका अनुसार चियामा ट्यानिन भरपुर मात्रामा हुन्छ । यो पोलिफेनोलिक बायोमोलीक्युल्सको एक समूह हो, जुन फलफूल, तरकारी, नट्स, वाइन र चियामा पाइन्छ । ट्यानिन एक अणु हो, जुन चिया र कफीमा धेरै पाइन्छ । यसले प्रोटिन, सेल्युलोज, स्टार्च र खनिजलाई जोडेर एकत्रित बनाउँछ । जसकारण शरीरमा आइरनको कमी हुन पुग्छ । चियालाई चार-मिनेट भन्दा बढी उमाल्नासाथ ट्यानिनको मात्रा बढ्छ, जसले आइरनको अवशोषणमा रोक्छ । साथै धेरै उमाल्दा चियामा हुने पोषक तत्व पनि कम हुन जान्छ । यसरी पकाइएको चियाले शरीरमा एसिडिटी बढाउँछ । यस्तो चिया धेरै पिउँदा क्यान्सरको समेत जोखिम निम्त्याउँछ ।

पोषक तत्व कम हुन्छ

चियापत्तीमा पोषक तत्व र मिनरल्स पाइन्छ । यसमा फ्लेवोनोइड्स, क्याटेचिन, पोलिफेनाल्स, पोटासियम, फस्फोरस, म्याग्नेसियम, कपर, जिंक, क्याल्सियम र फ्लोराइड । विज्ञहरुका अनुसार चियालाई धेरैबेर उमाल्दा चियापत्ती र दूधमा पाइने पोषक तत्व कम हुन्छ । यसमा पाइने भिटामिन बी १२ र सी पनि कम हुन्छ ।

आइरनको अवशोषणलाई रोक्छ

विज्ञहरुका अनुसार चियालाई धेरैबेर उमालेर पकाउँदा यसमा पाइने ट्यानिन तत्व कम हुन्छ । यो तत्व केही फलफूल, तरकारी र नट्समा पाइन्छ । चियालाई धेरैबेर उमाल्दा आइरनको अवशोषणमा अवरोध पुग्छ । जसले शरीरमा रगतको मात्रामा कमी हुनसक्छ ।

पेटमा समस्या

चियापत्ती र दूधलाई धेरैबेर उमालेर पकाउँला दूधमा पाइने प्रोटिन नष्ट हुन्छ । जसकारण दूध पचाउन समस्या भएर पेट दुख्ने, एसिडिटीको समस्या, पेट फुल्ने, ग्यास भरिने जस्ता समस्या आउन सक्छन् । दूध हालेको चियालाई धेरैबेर उमाल्दा डढेको गन्ध आएर पिउँदा पनि तीतो हुन्छ ।

चियापत्ती र दूधको एकसाथ धेरै उमाल्दा हानिकारक

उच्च तापक्रममा दूधको ल्याक्टोज प्रोटिनसँग मिलेर रासायनिक प्रतिक्रिया उत्पन्न हुन्छ । यसलाई ज्यादा मात्रामा पिउँदा शरीरमा हानिकारक चीजको उत्पादन हुन पुग्छ । यी दुईलाई मिसाएर धेरैबेर उमाल्दा दूधमा एक्रिलामाइड नाम तत्व बन्न सक्छ । यसमा कार्बोहाइड्रेट अत्यधिक मात्रामा हुन्छ । एक्रिलामाइड क्यान्सरको कारण समेत बन्न सक्छ ।

त्यसो भए के हो त चिया बनाउने सही तरिका ?

विज्ञहरुका अनुसार चियापत्तीलाई दुई मिनेटसम्म उच्च तापक्रम भएको पानीमा उमाल्दा यसमा पाइने पोषक तत्व पोलिफेनोल्स बढी मात्रामा मिल्छ । यसभन्दा बढी उमाल्नासाथ यसले चियाको गुण नै खराब बनाइदिन्छ ।

बढी उमाल्नुको कुनै फाइदा छैन, यसले चियाको स्वाद नै तीतो बनाइदिन्छ । चियाको स्वाद र फाइदा बढाउनका लागि चिया बनाउने सही तरिका अपनाउनु जरुरी हुन्छ ।

चिया बनाउने सही तरिका

– एक प्यान पानी उमाल्ने र फेरि ग्यास (आगोको कुनै पनि माध्यम) बन्द गर्ने

– त्यसमा एक चम्चा चियापत्ती हाल्ने र तीन-चार मिनेटका लागि छोपिदिने ।

– अब त्यसमा थोरै दूध र आफ्नो स्वादअनुसार चिनी हालेर चियाको मजा लिने ।

एजेन्सीको सहयोगमा

 

हट टपिक्स

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM