Thursday, July 18, 2024
घरक्राइम चेकसांसदहरुलाई प्रधानमन्त्री दाहालले भनेः ओलीले यसरी धोका दिन्छन् भन्ने लागेको थिएन

सांसदहरुलाई प्रधानमन्त्री दाहालले भनेः ओलीले यसरी धोका दिन्छन् भन्ने लागेको थिएन

काठमाडौँ/प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले धोखा दिएको गुनासो गरेका छन्।

बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै दाहालले आफूलाई झुक्याएर कांग्रेससँग सत्तायात्रा थालेको बताएका हुन्।

उनले आफूले ओलीले चिने पनि सच्चिएका होलान् भनेर विश्वास गर्दा धोका खाएको सुनाए। दाहालले संसदीय दलको बैठकम भने, ‘केपी ओलीलाई नबुझेका त थिएनौ। हण्डर खाएर रूपान्तरित भए कि भन्ने भ्रम पर्यो। मान्छे हो भन्ठाने तर यस्तो गरी धोका दिन्छन् जस्तो लागेको थिएन।’

दलको बैठकमा दाहालले असार १७ गते ओलीसँग भएको संवादबारे जानकारी गराएका थिए। कांग्रेससँग सहमति हुन लागेको थाहा पाएपछि ओलीलाई यतैबाट प्रधानमन्त्री बन्न आग्रह गरे पनि त्यस्तो सहमति नभएको दाबी आफू समक्ष गरेको ब्रिफिङ गरे।

दाहालको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘१८ गते बिहान भेट हुँदा पनि केही भएको छैन भने। मैले प्रधानमन्त्री चाहिए लिनूसे यो खेल छोडिदिनूस् भनेको पनि थिएँ। तर केपीले केही हैन कि हैन भने। घण्टा नेपाली कांग्रेसको भण्डाफोर गरे। त्यसपछि ०८४ सम्मसँगै जाने र पार्टी एकता गर्ने कुरा ओलीले नै गरेका थिए। धोका दिए।’

ओलीले स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने बताएपछि आफू विश्वासका परेको तर शेरबहादुरसँग बुझ्दा सहमित भइसकेको जानकारीको बताए। दाहालले भने, ‘ओलीजीसँग उठेपछि शेरबहादुरलाई फोन गर्दा पो सबै सहमति भइसक्यो भन्छन्।’

देशसंचार

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -