२०८३ बैशाख ७ गते, सोमबार १४:१५

शिक्षामन्त्री श्रेष्ठ भन्छिन्ः मैले पोल्याण्डको नागरिकता लिएकी छैन

काठमाडौँ /शिक्षामन्त्री सुमना श्रेष्ठले आफूले पोल्याण्डको नागरिकता नलिएको बताएकी छन्।

उनले बुधबार सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गर्दै आफ्नो श्रीमान् पोल्याण्डको नागरिक रहेको तर आफूले अहिलेसम्म पोल्याण्डको नागरिकता नलिएको प्रष्टीकरण दिएकी हुन्।

मन्त्री श्रेष्ठसँग दोहोरो नागरिकता रहेको भन्दै उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रले उनलाई पत्र पठाएको थियो। पत्र प्राप्त गरेपछि उनले उक्त विषयमा सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएकी हुन्।

आफूलाई पोल्याण्डको नागरिकता लिने प्रक्रियासमेत थाहा नभएको उनले बताइन्। आफू पोल्याण्डमा १२० दिन पनि नबसेको उनको भनाइ छ। ‘म १२० दिन मन्त्री भा’छु। त्योभन्दा थोरै दिन म पोल्याण्ड बस्या छु,’ उनले भनिन्।

आफूले २० वटा देशको भ्रमण गरेको तर कुनै पनि देशको नागरिकता नलिएको उनको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM