Thursday, July 18, 2024
घरक्राइम चेकमुकुलको सबै जिम्मेवारी खोसियो, अब साधारण सदस्य मात्र

मुकुलको सबै जिम्मेवारी खोसियो, अब साधारण सदस्य मात्र

काठमाडौं/काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकालका सबै जिम्मेवारी खोसेको छ । उनलाई साधारण सदस्य मात्रै रहने गरी रास्वपाले सबै जिम्मेवारी खोसेको हो ।

यसअघि नै महामन्त्रीबाट निलम्बित भइसकेका डा. ढकाललाई साधारण सदस्य मात्रै रहने गरी पार्टीको जिम्मेवारीबाट हटाइएको हो ।

मुकुल यसअघि पार्टीमा महामन्त्री र प्रवक्ताको जिम्मेवारीमा थिए । उनलाई सोमबार बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्यमात्रै राख्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले खबरहबलाई बताए ।

पार्टीको अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही सिफारिस गरेको थियो । तर केन्द्रीय समितिको निर्णय बमोजिम उनको साधारण सदस्यता भने नखोसिएको हो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -