२०८३ बैशाख २२ गते, मंगलवार २३:३६

क्षेत्रीको नेतृत्वमा काँग्रेस मधेश सरकारमा सहभागी हुँदै

वीरगंज/ पर्सा जिल्लाबाट निर्वाचित प्रदेश सांसद जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा नेपाली काँग्रेस मधेश सरकारमा सहभागी हुने निर्णय गरेको छ।

मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएपछि काँग्रेसले चार वटा मन्त्रालय पाएको छ। सरकारमा सहभागी भएको काँग्रेसले चार वटा मन्त्रालय पाएको तथा चार जना मन्त्रीको नाम समेत टुंगो लगाएको छ।

क्षेत्रीको नेतृत्वमा रौतहटबाट निर्वाचित प्रदेश साँसद सुनिल यादव, धनुषाका शेषनारायण यादव र कौशल किशोर राय मन्त्री बन्दैछन्।

आफूसहित चार जना मन्त्री बन्नेको नाम टुंगो लागेको काँग्रेस प्रदेश सांसद एवं पर्सा सभापतिसमेत रहेका क्षेत्रीले बताए। काँग्रेसले कुनै खास मन्त्रालय चाहियो भनेर माग भने अहिलेसम्म नगरेको पनि उनले बताए।

‘हामीले चार जना मन्त्री बन्ने कुरा टुंगो लगाइसकेका छौँ, कुन मन्त्रालय पाउने भन्नेबारे छलफल चल्दै छ, हामीले खासै यही मन्त्रालय चाहिन्छ भन्ने पनि माग गरेका छैनौँ,’ उनले भने, ’केन्द्र सरकारमा एमाले र काङ्ग्रेस मिलेर नयाँ सहमति गरे पछि मधेस प्रदेशमा सोही अनुसार प्रदेस सरकार अघि बढेको छ।’

शनिबार नै जनमत पार्टी बाट निर्वाचित भएका मुख्यमन्त्री सतिषकुमार सिंहले बिश्वासको मत लिएका थिए। केन्द्रमा भएको सहमति अनुसार नै कांग्रेसले सिंहलाई बिश्वासको मत दिएको थियो।केन्द्रमा नया सता समीकरण अनुसार नै मुख्यमन्त्री सिंहले माओवादी, नेकपा एकीकृत समाजबादी,नेपाल संघीय समाजबादी र नागरिक उन्मुक्ति पार्टीका ६ जना मन्त्रीहरुलाइ शनिबार नै बर्खास्त गरेका थिए। अब प्रदेश सरकारले बाँकी रहेको मन्त्रालयमा सता सहयात्री दल हरुको भागबण्डा लगाउनेछ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM