Thursday, July 18, 2024
घरक्राइम चेकवडा नं. ८ द्वारा नागरिक अभिनन्दन कार्यक्रम

वडा नं. ८ द्वारा नागरिक अभिनन्दन कार्यक्रम

धिरेन्द्र तिवारी/

वीरगंज/ वीरगंज महानगरपालिका वडा नं. ८ ले समाजमा विशिष्ट योगदान दिने व्यक्तित्व एवं एसइइ उत्तीर्ण विद्यार्थीहरूलाई नागरिक अभिनन्दन गरेको छ।

शुक्रबार एक कार्यक्रमका बीच शिक्षा, खेलकूद, समाजसेवालगायत विभिन्न क्षेत्रमा योगदान दिएका ३५ जनाभन्दा बढ़ी व्यक्तित्वहरूलाई नागरिक अभिनन्दन गरिएको हो।

समारोहमा शिक्षा तर्फ २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइइ) पर्सा जिल्लामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकी छात्रा आँचल पटेल र राधेकृष्ण सर्राफ, खेलकुद क्षेत्र तर्फ पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेश श्रेष्ठ र नसिम हवारीलाई नागरिक अभिनन्दनसहित सम्मानित गरिएको हो ।

त्यसैगरि वरिष्ठ अधिवक्ता बालमुकुन्द खरेल , नेपाल दलित महिला संघ पर्साकी अध्यक्ष नीला राम, समाजसेवी मदन गुप्ता,शत्रुधन गुप्तासहित ३५ जनालाई कार्यक्रमका विशिष्ट अतिथि जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव एवं वडाध्यक्ष रितेश गुप्ताले गम्छा ओढाएर कदरपत्रसहित अभिनन्दन गरेका हुन् ।

वडाध्यक्ष रितेश कुमार गुप्ताको अध्यक्षतामा एवं जसपा नेपालका पर्सा जिल्ला अध्यक्ष राम नरेश नरेश यादवको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता बालकृष्ण खरेल, पूर्व वडाध्यक्ष मदन गुप्ता, लिटिल एन्जल स्कूलका संचालक राम राज श्रेष्ठ वरिष्ठ समाजसेवी नुरुल होदा, नेपाल कराते संघका रेफ्री नसिम अहमद लगायतले शुभकामना मन्तव्य राखेका थिए।

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -