२०८३ बैशाख २७ गते, आईतवार १३:३६

मेयर-उपमेयरसहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

रौतहट । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीता देवीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित थप आठ जनाविरुद्ध गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको हो । नगरपालिकाको वडा नम्बर २ जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आर्थिक वर्ष ०७८/७९ मा टायल्सको कामका लागि रकम विनियोजन भएकामा स्वीकृत लागत अनुमानबमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो ।

यस विषयमा अनुसन्धान हुँदा अनियमित ढंगले १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा बढी भुक्तानी दिई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएसँगै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।अख्तियारले नगरपालिका प्रमुख (मेयर) अजय प्रकाशलाई भ्रष्टाचार निवारण ऐनअनुसार बिगो १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM