२०८२ जेष्ठ ४ गते, शनिबार २३:३५

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत

काठमाडौँ/नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष, सम्मानित नेता र महासचिवमा सर्वसहमतिले नेतृत्व चयन गरेको छ।

बिहीबार झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले माधवकुमार नेपाललाई अध्यक्ष, झलनाथ खनाललाई सम्मानित नेता र घनश्याम भुसाललाई महासचिवमा चयन गरेको हो।

खनालले अध्यक्षमा माधवकुमार नेपाल, पार्टीको सम्मानित नेतामा झलनाथ खनाल र पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसहमतले चयन भएको घोषणा गरे। उनले अब २९९ सदस्यहरु भएको केन्द्रीय कमिटी र निश्चित पदाधिकारी चयन गर्न बाँकी रहेको बताए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM