Thursday, July 18, 2024
घरविचारसार्वजनिक चासोराजीनामा बुझाउन गएका एमालेका मन्त्रीहरुलाई प्रधानमन्त्रीले सुनाए गीत

राजीनामा बुझाउन गएका एमालेका मन्त्रीहरुलाई प्रधानमन्त्रीले सुनाए गीत

काठमाडौं/ नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष उनीहरूले राजीनामा बुझाएका हुन् ।

उनीहरुको राजीनामा बुझेपछि प्रचण्डले कुनै राजनीतिक टिप्पणी गरेनन् । उनले एउटा कुरामा भन्छु भन्दै एमालेका मन्त्रीहरुलाई फत्तेमानको गीत ‘यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले’ सुनाएका छन् ।

एमालेका एक मन्त्रीले भने, ‘यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले, भन्ने गीत प्रचण्डले सुनाउनु भयो । अरु कुनै राजनीतिक टिप्पणी गर्नुभएन् ।

एमालेका मन्त्रीहरुले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जानकारी गराएका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -