२०८२ आश्विन २६ गते, आईतवार ०६:५०

सांसद ढकाल र मलेसियन सभामुख जोहरी बिन अब्दुलबीच शिष्टाचार भेट

काठमाडौं/प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र मलेसियन प्रतिनिधि सभाका सभामुख जोहरी बिन अब्दुलसँग शिष्टाचार भेट गरेका छन्।

मलेसियन संसद भवनमा भएको भेटमा सांसद ढकालले संसदीय कुटनीति मार्फत नेपाल र मलेसिया बिचको मैत्रीपुर्ण सम्बन्ध थप उचाइमा पुर्याउनु पर्ने धारणा राख्नु भयो। सांसद ढकालले नेपालको प्रतिनिधि सभाका सभामुख देबराज घिमिरिको तर्फवाट मलेसियन सभामुखलाई शुभकामना दिदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागि समेत आग्रह गर्नु भयो भने मलेसियन सभामुख जोहरीले मलेसियाले नेपालसंगको मैत्रीपुर्ण सम्बन्धलाई उच्च महत्वमा राखेको बताउदै अनुकुल समयमा नेपालको भ्रमण गर्छु भन्नु भयो। सांसद ढकालले मलेसियामा ठुलो संख्यामा रहेका नेपाली हरुको हितको आबस्यक पहल र सदभाबको लागि सभामुख जोहरी संग आग्रह पनि गर्नु भयो।

भेटमा आपसी सम्बन्ध तथा क्षेत्रीय स्तरमा शान्ति र सहकार्यको लागि अन्तर- संसदीय पहलकदमी अघि बढाउने र नेपाल – मलेसियाका जनप्रतिनिधि बीच निरन्तर संवाद विस्तार गर्ने बिषयमा पनि छलफल भयो। पूर्व मन्त्रि समेत रहेका ढकाल मलेसियाको ३ दिने मैत्रीपुर्ण भ्रमणमा छन्।

ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM