२०८३ बैशाख २३ गते, बुधबार ०४:०३

प्रधानमन्त्रीबाट राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने माओवादीको निर्णय

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने भएका छन्।

आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले राजीनामा नदिएर ३० दिनभित्र विश्वासको मत लिने निर्णय गरेको हो।

एमालेले औपचारिक रुपमा समर्थन फिर्ता लिने निर्णय गरेपछि विश्वासको मतको सामना गर्न आफू तयार रहेको प्रधानमन्त्रीले बताएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए।

आजको पदाधिकारी बैठकमा प्रधानमन्त्रीले नेताहरुलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे व्रिफिङ गरेका थिए । उनले समीकरण परिवर्तन बारे जानकारी गराउँदै एमालेको समर्थन औपचारिक रुपमा फिर्ता भएपछि थप कदम चाल्ने बताएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM