२०८३ बैशाख २३ गते, बुधबार ०५:२४

डा. बाल गोपाल श्रेष्ठको ‘हेरिटेज पिर्जभेसन एण्ड राइट्स इन नेपाल’ सार्वजनिक

काठमाडौं । साहित्यकार, मानवशास्त्री डा. बालगोपाल श्रेष्ठ २० औँ कृति ‘हेरिटेज पिर्जभेसन एण्ड राइट्स इन नेपाल’ सार्वजनिक भएको छ ।

असार ९ गते हलि नेवाः दबूको दैनिक प्रशारण डब्लुडिविको एक कार्यक्रम मार्फत डा. बाल गोपाल श्रेष्ठको नयाँ पुस्तक प्रमुख अतिथि अक्सफोर्ड विश्र्वविद्यालयका प्रोफेसर डा. डेभिड गेल्नरले सार्वजनिक गर्नु भएको थियो ।

प्रमुख अतिथि प्रोफेसर डेभिड गेल्नरले डा. बाल गोपाल श्रेष्ठको नयाँ पुस्तक सार्वजनिक गर्न पाएकोमा ज्यादै हर्षित भएको जनाउँदै पुस्तकको महत्व बारे छोटो चर्चा गर्नु भयो । उहाले डा. श्रेष्ठको अनुसंन्धानबारे लामो समय देखि आफु जानकार रहेको र संगै काम पनि गरेको हुनाले उनका लेखनलाई नजीकबाट नियाल्ने मौका आफुले पाएको कुरा जनाउनु भयो ।

बाल गोपालको लेखनमा स्थानीय भएर हेर्ने अन्तरंगको दृष्टिका साथै विषयलाई टाढाबाट हेर्न सक्ने एक अनुसंधानको दृष्टि दुबै पाउने कुरा उहाँले जनाउनु भयो ।

डा. श्रेष्ठ आफै एक नेपाली अनुसंन्धाता हुनुभएकोले उहाँको लेखनमा नेपाली समाजबारे जुन गहनता भेट्टाउन्छौं हामी जस्ता विदेशी अनुसंन्धाताले त्यो गर्न ज्यादै कठिन हुने कुरा पनि उहाँले उजगार गर्नु भयो ।

उक्त पुस्तकको बारेमा विस्तृतरुपमा समिक्षा गर्दै अर्का वक्ता हलिं नेवा दबूका अध्यक्ष संयुक्त श्रेष्ठले यस पुस्तकमा लेखकले विभिन्न समयमा प्रकाशित अनुसंधानात्मक लेखहरु एकै ठाउंमा संग्रहित गरेको र यी लेखहरुले नेपालको भाषीय, जातीय अधिकारको आन्दोलन र नेपालको राजनीतिक इतिहास एवम् नेवार जाति भित्र प्रचलित रितिरिवाज, धर्मकर्म तथा मिथकको तथा नेपाल संवत आन्दोलन, आदि बारेमा खोज अनुसन्धनान गर्ने जो कोहिको लागि पनि उपयोगी हुने कुरा उहाँले जनाउनु भयो ।

पुस्तक सरल अंग्रेजी भाषामा लेखिएको हुनाले सर्वसाधारणले पनि पढन कठिनाई महसुस गर्न नपर्ने र समेटीएका विषयमा उच्च ज्ञान नहुनेले पनि पुस्तक पढेर लाभ लिन सक्ने उहाँले जनाउनु भयो ।

कार्यक्रमका पुस्तक प्रकाशक बज्र पब्लिकेशन प्रा.लि.का अध्यक्ष विदुर डंगोलले डा. बाल गोपाल श्रेष्ठले आफ्नो पुस्तक सार्वजनिक गर्ने अभिभारा आफूलाई दिएकोमा गौरवान्वित भएको धारणा राख्नु भयाे । पुस्तकमा संग्रिहत पाटनको अग्निमथ बारे तथा सोन्ति नख (तिहार) बारेका खोजपूर्ण लेखहरु आफुलाई ज्यादै मनपरेको कुरा जनाउँदै भाषा, कला सम्पदा अनुरागीहरुलाई यो पुस्तक ज्यादै उपयोगि हुने यो पुस्तक प्रकाशन गर्न पाउन्दा आफु हर्षित भएको कुरा उहांले जनाउनु भयो । यसभन्दा अगाडि पनि लेखक डा. बालगोपाल श्रेष्ठले आफ्नो ‘द नेवार अफ सिक्किम’ लगायतका पुस्तकहरु आफुले प्रकाशन गरेको कुरा पनि उहाँले जानकारी गराउनु भयो ।

डा. नरेश शाक्यले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमको अन्तिमतिर लेखक डा. बाल गोपाल श्रेष्ठसँग पुस्तकका बारेमा प्रश्नोत्तर गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM