Thursday, July 25, 2024
घरसमाचारमुख्यसचिवसहित १२ जना उच्चपदस्थ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

मुख्यसचिवसहित १२ जना उच्चपदस्थ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ / मुख्यसचिव डा. वैकुण्ड अर्यालसहित १२ जना उच्च पदस्थ कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आइतबार आयोगले विशेष अदालत काठमाडौँमा अन्तशुल्क स्टिकर छपाइमा ३८ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै मुद्दा दायर गरेको हो।

अख्तियारले अनुसन्धानबाट ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो माग गरेको छ।

आयोगले मुद्दामा अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख एवं तत्कालीन आन्तरिक राजश्व विभागका प्रमुख रितेश शाक्यलाई पनि प्रतिवादी बनाएको छ। आयोगले भन्सार विभागका उपनिर्देशक टंक पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजस्व विभाग लाजिम्पाटका उपसचिव गणेशविक्रम शाहीलाई विपक्षीबनाएको छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सफल श्रेष्ठ, आन्तरिक राजस्व विभाग लाजिम्पाटका अधिकृत रवीन्द्रप्रसाद पौडेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत विष्णुप्रसाद गौतम, सुरक्षण मुद्रण केन्द्रका परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेलका निर्देशक केशव शर्मा र हरिबल्लब घिमिरेलाई विपक्षी बनाएको छ।

नेपालको इतिहासमै बहालवाल मुख्यसचिव भ्रष्टाचार मुद्दामा परेको पहिलोपटक हो।

भ्रष्टाचार मुद्दा लागेपछि मुख्यसचिव पौडेलसहित पदमा रहेका सबै उच्च पदस्थ कर्मचारी निलम्बनमा परेका छन्।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार भ्रष्टाचार मुद्दा लागेपछि राष्ट्रसेवक कर्मचारी स्वत: निलम्बनमा परेका छन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -