२०८३ बैशाख २३ गते, बुधबार ०६:४४

आफुलाई कुर्सीबाट हटाउन सजिलो नभएको प्रधानमन्त्री दाहालको दाबी

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई सरकारबाट हटाउन त्यति सजिलो नभएको बताएका छन्।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका दाहालले सरकारको नेतृत्व लिएदेखि नै धेरैले हटाउन खोजे पनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबीसमेत गरे।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे।

सरकारमा रहँदासम्म भ्रष्टाचार, सामाजिक न्याय र समृद्धिको निम्ति आफूले काम गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो। उनले सरकारमा रहँदासम्म सत्तारुढ दलहरुबीच भएको समझदारीलाई इमान्दारितापूर्वक कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि दोहोर्‍याए।
उनले भने,’…तरिका मिल्यो भने पूरै अवधि बसिन्छ। ढुक्क भएर काम गरे हुन्छ। हामीलाई हटाउन सजिलो छैन। पार्टीको ईतिहास, मुद्दा, आन्दोलन कारणले र हाम्रो जादु नम्बरको कारणले पनि। नम्बर थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन। जादुवाला नम्बर छ। त्यो जादुले अनेक गरेर मिलाईहाल्छ। त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन।’

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM