२०८३ बैशाख २३ गते, बुधबार ०६:४५

आफैले बोकेको हतियार प्रयोग गरि संसद भवनको सुरक्षार्थ खटिएका प्रहरीद्वारा आत्महत्या

काठमाडौँ / नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयमा सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् ।

दोलखा मेलुङ गाउँपालिका-४, घर भएका २२ वर्षिय  प्रहरी जवान  अजित गोलेले आफैँले बोकेको राइफलले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

‘गोलेले बुधबार बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको ईन्सास राईफलद्वारा निधारमा फायर गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको छ,’ प्रहरीले बताएको छ ।

उनी प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM