Thursday, July 25, 2024
घरपत्रपत्रिकावित्तीय अपराधमा शिवशक्ति इम्पोरियमको संलग्नता

वित्तीय अपराधमा शिवशक्ति इम्पोरियमको संलग्नता

रौतहट/विभिन्न चाडवाड़को अवसर पारेर गरिने साडी वितरण कार्यमा शिवशक्ति इम्पोरियम नामक व्यवसायिक फर्मका संचालकले स्थानीय तहका जनप्रतिनिधिसँग मिलेर राज्यलाई झुक्याएर वित्तीय अपराध गरिरहेको रहस्योद्घाटन भएको छ ।

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको आ.व ०७९।०८० को लेखापरिक्षणको रिपोर्टले शिवशक्तिले रौतहट जिल्लाका अधिकांश स्थानिय तहमा गरेको सैद्धान्तिक भ्रष्टाचारको पोल खोलेको हो । गौरमा रहेको शिवशक्ति ईम्पोरियमले आफै बोक्सी र आफै झाँक्री बने झै विभिन्न तिन वटा थप आफ्नै व्यापारीक फर्म बाट कोटेशन पेश गरी दर रेटलाई क्रमिक रुपमा घटि र बढि बनाई पेश गरी कोटेशनमा साडीलगायत सामान बिक्री गर्ने गरेको रहस्य बाहिरीएको हो ।

सार्वजनिक खरिद ऐनमा भएको व्यवस्था अनुसार एउटा व्यापारीक फर्मले एक विक्रेता संग वर्षमा एउटा कोटेशन बढिमा १० लाख सम्म कारोबार गर्न सक्ने प्रावधान रहेको छ तर शिवशक्ती ईम्पोरियमका संचालकले झोलामा रहेको आफ्नै फर्म अमान ट्रेडर्स, चुकि ईन्टरप्राईजेज र ओम साई जनरल एण्ड अर्डर सप्लायर्स बाट सार्वजनिक खरिद ऐन विपरीत एउटै स्थानिय तहमा १० लाख रकम बराबरको दुई देखि तिन वटा सम्म भुक्तानी लिएको महालेखाको प्रतिवेदनमा देखिएको छ र त्यस्तै केहि स्थानिय तहमा सोहि बिक्रेताले नियम विपरीत करिब २० लाख बराबरको समेत भुक्तानी लिएको पाईएको छ ।

शिवशक्ती ईम्पोरियमले आफ्ना झोले फर्महरु मार्फत स्थानिय तहमा सप्लाई गरेको सो सो परिमाणको साडि संख्यामा समेत ठुलै चहावट रहेको स्रोत बाट बुझिएको छ । भारत बाट भंसार क्षली गरी ल्याईएको कम मुल्यका सुति साडि लाई यी फर्मको माध्यम बाट १५ सय देखि २ हजार सम्म बिल बनाई स्थानिय तहका जनप्रतिनिधी, प्रमुख प्रशासकिय अधिकृत, लेखा र स्टोरका कर्मचारीलाई मिलाई भुक्तानी लिईएको बुझिएको छ ।

त्यस्तै भ्याटको हिसाब मिलान गर्न शिवशक्तिले विभिन्न अलग अलन व्यापारीहरु संग फर्जि बिल समेत खरिद गर्ने गरेको बुझिन आएको छ । शिवशक्तिले विगतमा पनी यस्तै फर्जी बिल खरिद गर्ने कार्य गरी नेपाल सरकारको करोडौं रुपैया राजस्व क्षती पुरयाएको भनी सो फर्म उपर राजस्व अनुसंधान कार्यालय बाट ४ करोड ३६ लाख जरीवाना सहितको मुद्दा अदालतमा दर्ता हुने प्रक्रियामा रहेको छ ।

यस सम्बन्धमा उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष पंडित जायसवालले जनप्रतिनिधीको लहै लहैमा लागेर गल्ती गर्ने वा राज्यलाई नोक्सान पुऱ्याउने फर्म स्वंयम जिम्मेवार हुने र गलत कार्यको पक्षमा उद्योग वाणिज्य संघ कुनै किसिमको साथ नदिने बताएका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -