२०८१ चैत्र २० गते, बुधबार १३:२९

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

‘वेस्टइण्डिज’ विश्वकपमा सर्वाधिक स्कोर बनाएको वेस्टइण्डिजको समुह चरणमा शतप्रतिशत जित

काठमाडौँ / सेन्ट लुसियाको ग्रान्स आइलेटस्थित ड्यारेन सेमी क्रिकेट मैदानमा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह ’सी’ को अन्तिम खेलमा वेस्टइन्डिजले अफगानिस्तानलाई १ सय ४ रनले पराजित गरेको छ। सुपर आठमा पुगेको दुबै टोलीबिचको खेलमा वेस्टइन्डिजले आफ्नो शतप्रतिशत जित कायम गर्ने क्रममा जारी प्रतियोगिताकै उच्च स्कोर समेत बनायो।

अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।  वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनायो। जुन विश्वकपमा वेस्टइन्डिजको अहिले सम्मकै उच्च स्कोर समेत हो।
समग्र विश्वकपमा भने यो पाँचौ उच्च स्कोर हो।  जवाफमा अफगानिस्तान १६.२ ओभरमा अलआउट हुँदै १ सय १४ रनमा समेटियो।  अफगानिस्तानका लागि इब्राहिम जद्रानले ३८ रन बनाउनु सर्वाधिक रह्यो।

उनीबाहेक अजमतुल्लाह ओमरजाइले २३ रन बनाउँदा करिम जनतले १४ रन बनाए।  त्यस्तै कप्तान रसिद खानले १८ रन बनाएका थिए।  वेस्टइन्डिजका लागि ओवेड म्याकोइले ३ विकेट लिंदा अकिल होसेइन र गुडाकेस मोटाइले समान २–२ विकेट लिए। त्यस्तै आन्द्रे रसेल र अल्जारी जोसेफले समान १–१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको वेस्टइन्डिजका लागि निकोलस पुरनले ९८ रनको सानदार इनिङ खेले। त्यस्तै जोनसन चार्लेसले ४३ रन बनाउँदा साइ होपले २५ रन बनाए। कप्तान रोभमन पावलले २६ रन बनाउँदा आन्द्रे रसेल ३ रनमा अविजित रहे।

योसँगै समूहचरणका खेलहरु सकिएका छन्। अब सुपर आठको पहिलो खेलमा बुधबार दक्षिण अफ्रिका र अमेरिकाबिच पहिलो खेल हुँदैछ।

प्रतिक्रिया लेख्नुहोस्