मोरङ/ सुनवर्षी नगरपालिका ९ स्थित डाईनिया बजारमा रहेको बोलबम पेट्रोल पम्प नजिकै बाट खैराै हिरोइन सहित दुईजना पक्राउ परेका छन्।
भारत राज्य विहार, जिल्ला अररिया, पोखरिया पञ्चायत वडा नं. ३ बस्ने राज कुमार राजा को छोरा वर्ष १९ को राहुल राजा र सुनबर्षी ९ डाईनिया बस्ने प्रदुमन कुमार दासको छोरा बर्ष २४ को आदर्श दास लाई रङ्गेली प्रहरीले पक्राउ गर्न सफल भएको छ। विगतका दिन हरुमा समेत आदर्श दासलाई लागु औषध ओसार पसारमा पक्राउ गरी मुद्दा समेत चलाइएको थियो । पुनः आदर्शलाई खैराे हिरो सहित प्रहरीले पक्राउ गर्न सफल भएको छ। पक्राउ परेकाहरूको साथबाट लागू औषध खैरो हिरोईन ओसारपसार तथा बिक्री बितरण गर्दै आएको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली बाट खटिएकाे लागू औषध नियन्त्रण ब्यूरो विराटनगर काे संयुक्त टोली ले खोज तलास गर्ने क्रममा शंकाष्पद तवरले गफ गाफ गरी रहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीले सेतो रङको प्लाष्टिकमा लागू औषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ रहेको र उक्त पदार्थलाई मान्यता प्राप्त डिजिटल तराजु सहित साठी ग्राम आठ सय पचास मिलिग्राम रहेको प्रहरीले जनाएको छ । निज हरु लाई लागू औषध ओसारपसार बेचबिखन कसुरमा मुद्दा दर्ता गरिने रङ्गेली प्रहरीका निरीक्षक सन्तोष खड्काले बताए ।