२०८३ बैशाख २७ गते, आईतवार १५:४८

बोक्सी आरोपमा एक महिलामाथि कुटपीट

जनकपुरधाम । महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपीट भएको छ। भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहमाथि बाक्सी आरोपमा कुटपीट भएको हो।

कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ। गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेक ५० वर्षीय राजेश साहले घरमै पसेर आफूमाथि कुटपीट गरेको उनको आरोप छ। महोत्तरी प्रहरीले भने घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM