२०८२ माघ ४ गते, आईतवार १८:५७

बालेनलाई ओलीको जवाफ-भैंसीको ढाडमा बसेको झिंगो चार लात हानेर दंग परे जस्तै हो

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले लगाएको आरोपमा जवाफ फर्काएका छन्। आज (शुक्रबार) भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुको प्रश्नमा उनले आफू असभ्य राजनीतिको पक्षमा नरहेको बताए।

काठमाडौं महानगरप्रमुख शाहले एमाले अध्यक्ष ओलीले गिरीबन्धु टी-स्टेटमा १० हजार करोड भ्रष्टाचार गरेको आरोप लगाएका थिए। बालेनको उक्त आरोपमा एमाले नेता तथा कार्यकर्ताहरुले खण्डण र आलोचना गर्दै आएको भएपनि ओली भने मौन थिए।

ओलीले आफूबारे लागेको आरोपमा भैंसीको ढाडमा भिँगा बसेर केही नहुने बताए । ढाडमा बसेको भिँगाले ढङ्ग परेर चार लात्त हाने भन्ने सोचेपनि भैँसीलाई केही फरक नपर्ने उनको भनाइ छ।

उनले बालेनलाई लक्षित गर्दै भने, ‘भैँसीको ढाडमा झिंगा बस्यो कि के बस्यो, त्यसले थाहा पनि पाएको हुँदैन, झिँगा दंग परेको हुन्छ, चार लात हानेँ भनेर। म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ। म राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य राजनीतिमा लानुपर्छ। असभ्य राजनीतिमा होइन भन्ने पक्षमा छु।’

ओलीले आफू राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य राजनीतिमा लानुपर्छ भन्ने पक्षमा रहेको बताउँदै कसैको अनावश्यक टिप्पणी नगर्ने बताए।

राजनीतिक दलमा परिपक्वता नदेखिँदा अस्थिरता बढेको बताउँदै अध्यक्ष ओलीले अब राष्ट्रिय राजनीतिलाई जिम्मेवार र परिपक्व बनाएर लैजानुपर्नेमा जोड दिए। उनले वर्तमान सत्ता गठबन्धनलाई अगाडि बढाउन जरुरी रहेकाले यसलाई भत्काउन नदिइने बताए।

“अहिलेको समीकरण बनाउन र विश्वासको मत नदिने योजनामा केही दलहरु थिए तर त्यो सफल भएन। यो समीकरण टुट्यो भने देशमा राम्रो हुनेवाला छैन, त्यसैले समीकरण भत्किन दिइँदैन”, अध्यक्ष ओलीको भनाइ थियो।

यसैगरी उनले आफ्नो पार्टीले सरकारले ल्याएको बजेट राम्रो हुनुपर्छ भन्ने कुरा राखेको र यस्तो भन्नु नराम्रो नभएको बताए। फरक प्रसंगमा कुरा गर्दै उनले भारतका प्रधानमन्त्रीको शपथग्रहणमा नेपालका प्रधानमन्त्रीहरू जाने पुरानो परम्परा रहेकाले वर्तमान प्रधानमन्त्री त्यहाँ जानुलाई अन्यथा लिन नहुने जनाए।

 

साभार : डिसी नेपाल

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM