२०८३ बैशाख २३ गते, बुधबार १५:४८

युवा संघमा गुटगत गतिविधि र भेला नगर्न अध्यक्ष बिकको निर्देशन

काठमाडौं ।युवा संघका संयोजक कृष्णकुमार विकले गुटगत भेला नगर्न निर्देशन दिएका छन्। सहसंयोजक नितेश पौडेलले यही शनिबार काठमाडौंमा राष्ट्रिय भेला बोलाएपछि संयोजक विकले विशेष निर्देशन दिएका हुन्।

उनले युवा संघ नेपालको नाम, झण्डा, व्यानर दुरुपयोग गरी गुटगत भेला, बैठक गरेको पाइएमा जो कोहीलाई पनि संगठनको विधानबमोजिम कारबाही गर्ने चेतावनी दिएका छन्।

‘पार्टी महाधिवेशन सफल पार्नुपर्ने बेलामा युवा संघ नेपालमा आबद्ध केही जिम्मेवार कमरेडहरूले यही जेष्ठ २६ गते युवा संघको नाममा राष्ट्रिय कार्यकर्ता भेला भनी जुन प्रकारका प्रचारहरू भइरहेका छन्। यो संगठनको आधिकारीक भेला वा कार्यक्रम नरहेकोले युवा संघ नेपालका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई जानकारी गराउँदछु,’ विकले  विज्ञप्तीमा भनेका छन्।

पार्टी महाधिवेशन नजिकिँदै गर्दा गुटगत भेलाले पार्टी आन्दोलन र संगठनलाई कमजोर बनाउने बताउँँदै विज्ञप्तिमा भनिएकाे छ, ‘यसप्रकारका गतिविधिले महाधिवेशनलाई प्रभावित पार्ने र नेता कार्यकर्ताको बिचमा असहिष्णुता पैदा गर्दछ । यसकारण युवा संघ नेपालका सम्पूर्ण जिम्मेवार नेता कार्यकर्ताहरूलाई पार्टी आन्दोलन बिरुद्ध भईरहेको षड्यन्त्रबाट सचेत हुँदै आशन्न महाधिवेशन सफल बनाउन जिम्मेवारीपूर्वक लाग्न निर्देशन गर्दछु।’

विकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र मोर्चा फाँट प्रमुख डा. विजय पौडेललाई विशेष निर्देशनको बोधार्थ दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM