Friday, January 17, 2025
घरपत्रपत्रिकाजनमतका सतिश सिंह मधेस प्रदेशकाे मुख्यमन्त्री बन्ने निश्चित

जनमतका सतिश सिंह मधेस प्रदेशकाे मुख्यमन्त्री बन्ने निश्चित

काठमाडाैं। मधेस प्रदेशमा जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह मुख्यमन्त्री बन्ने भएका छन्। सप्तरी क्षेत्र नम्बर २ को (१) बाट निर्वाचित भएका उनलाई मुख्यमन्त्री बनाउनेनिर्णय गरेकाे हाे।
जनमत संसदी दलका नेता महेश प्रसाद यादव छन्। तर पार्टीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हाे।
जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव हिजो विश्वासको मत नपाएपछि सोही राति प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी छन्।
आजै सिंहलाई मुख्यमन्त्री बनाउन दलहरूले बहुमतसहित प्रदेश प्रमुखलाई दावी पेस गर्ने दलहरूको तयारी छ ।
एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा सिंहले आजै सरकारमा दाबी पेश गर्ने तयारी गरेका छन्। यसअघि जनमत संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भएको भएपनि जनमतले सिंहलाई अगाडि सारेको छ ।
मधेसमा जनमत पार्टीको १३, एमालेको २४, माओवादी केन्द्रको ९, एकीकृत समाजवादीको ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद गरी ५४ सांसदको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी गरेको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -