Friday, January 17, 2025
घरपत्रपत्रिकाविदेशको ग्रीन कार्ड लिनेहरुले नेपालको खर्बौ रकम अबैध रुपमा विदेश लगिरहेका छन्–प्रभु...

विदेशको ग्रीन कार्ड लिनेहरुले नेपालको खर्बौ रकम अबैध रुपमा विदेश लगिरहेका छन्–प्रभु साह

काठमाडौं ।आम जनता पार्टी (आजपा) अध्यक्ष एवं सांसद प्रभु साहले विदेशको ग्रीन कार्ड लिएका धनाढ्य, ब्यापारी र राज्यको उच्चपदस्थ अधिकारीहरुले नेपालको खर्बौं रकम अवैध ढंगले विदेश लगिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आ.ब.२०८१÷०८२ को बजेट बारेमा सम्बोधन गर्दै उनले यसरी नेपालको पैसा विदेश लैजान नपाउने गरी अर्थ नीति आउनुपर्नेमा त्यो नभएको टिप्पणी गरेका छन् ।

‘देशका ठूल्ठूला धनाढ्यहरु, राज्यका उच्चपदस्थ अधिकारीहरु विदेशको ग्रीन कार्ड लिने, विदेशको नागरिकता लिने र नेपालको खर्बौ रकमहरु अवैध ढंगले विदेश पुर्याउने काम गरिरहेका छन् । यसलाई राज्यले रोक्नेगरी बजेट आउनुपथ्र्यो । यसमा नजरअन्दाज भएको मैले देख्दैछु’ साहले भने ।

साथै, विदेशका कमदारहरुको रेमिट्यान्स हुण्डी कारोबारीहरुले लुटेको ब्ल्याक मनीसँग साटिरहेको पनि उनले बताए । उनले लाखौं मजदुरहरुले विदेशमा गएर काम गरेपनि त्यसको लाभ नेपालले लिन नसकेको बताए । उनले वैदेशिक रोजगारीमा गएकाहरुको घरमा हुण्डी कारोबारीहरुले ब्ल्याक मनी पुर्याइरहेको पनि बताए ।

नेपालको सम्पत्ति विदेशमा लान नपाउने गरी नीति आउन पर्नेमा त्यो नदेखिएको उनले बताए । उनले विदेशको नागरिकता लिइसकेका नेपालीको सम्पत्ति राज्यको नाममा आउनुपर्ने बताए । उनले देशको अर्थतन्त्रलाई नयाँ उचाइ दिनेगरी बजेट आउनुपर्नेमा त्यो सम्भव नभएको बताए । उनले बजेटको समानुपातिक वितरणसमेत नभएको बताए ।

यस्तै सिमावर्ती क्षेत्रका नागरिकले कुनै समान ल्याउदा त्यसको निजिसम्पती जफत गर्नु गलत रहेको बताउँदै उनले त्यसमा जरिवाना गर्न सकिने बताए । यदी सिमावर्ती क्षेत्रका नागरिकले कर नतिरी कुनै समान ल्याउदा जफत गर्ने हो भने सम्पती कर, लाभ कर, आय कर नबुझाउनेको पनि सम्पती जफत गर्नुपर्ने बताए । राज्यको दोधारे नीतिले सिमावर्ती क्षेत्रका नागरिकहरु दुख पाईरहेको उनले बताए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -