Monday, December 9, 2024
घरक्राइम चेकउखु किसानको भुक्तानी गर्न सांसद तामाङको माग

उखु किसानको भुक्तानी गर्न सांसद तामाङको माग

काठमाण्डौ/ प्रतिनिधिसभा सदस्य माननीय तारालामा तामाङले उखु किसानहरूलाई गर्नु पर्ने अनुदान रकम भुक्तानी उपलब्ध नगराइएको भन्दै सभामुखलाई ध्यानाकर्षण गराउनु भएको छ।
सोमबारको बैठकको शून्य समयमा बोल्नु हुँदै सांसद तामाङले
नेपाल सरकारले उखु किसानहरुलाई प्रति क्वीन्टल ७० रुपैयाँको दर ले उपलब्ध गराउँदै आएको उखुमा अनुदान रकम, कार्यविधि भन्दा पछि दर्ता भएका कञ्चनपुरका करिब ४४७ जना उखु किसानहरुको अनुदान रकम छुट भएपछि, जिल्ला उखु अनुदान भुक्तानी समितीले २०८० भाद्र महिनादेखि नेपाल सरकारलाई उखुको अनुदान रकम भुक्तानीको लागि माग गर्दै आएकोमा भुक्तानी नभएको भन्दै ध्यानाकर्षण गराउनु भएको हो।
२०८१ बैशाख ४गते भुक्तानी समितिको बैठक मार्फत नेपाल सरकारमा माग गर्दै आएको र आफू स्वयं पनि सो क्षेत्रको जनप्रतिनिधीको हैसियतले यस सदनमा र सम्बन्धित निकाय तथा मन्त्रालयमा भुक्तानीको लागि माग गर्दै आएकोमा हाल सम्म पनि अनुदान रकम भुक्तानी नभएकोले यथाशीघ्र उखु किसानहरुलाई अनुदान रकम उपलब्ध गर्न गराउन यस सदन मार्फत नेपाल सरकारसँग उनले जोडदार माग गरेका छन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -