Wednesday, June 19, 2024
घरपत्रपत्रिकाकैलाश सिरोहियालाई अनुसन्धानका लागि तीन दिन म्याद थपियो

कैलाश सिरोहियालाई अनुसन्धानका लागि तीन दिन म्याद थपियो

जनकपुरधाम/कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न धनुषा अदालतले आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत धनुषाले सिरोहियालाई तेस्रो पटक थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

न्यायाधीश यदुराज शर्माको इजलासले अध्यक्ष सिरोहियालाई लागेको नागरिकता कसुरसम्बन्धी आरोपको अनुसन्धान गर्न थप ३ दिनको समय दिएको हो ।

यसअघि न्यायाधीश रोमाकान्त ज्ञवाली र न्यायाधीश चुरामन खड्काको इजलासले तीन-तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

यो तेस्रो पटक पनि तीन दिन म्याद थप गरिएको हो । यससँगै सिरोहिया कम्तीमा ९ दिन हिरासतमै रहने निश्चित भएको छ ।

सिरोहिया गत शुक्रबार उच्च रक्तचाप, मुटुसम्बन्धी समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

उनी अहिले पनि जनकपुरस्थित काव्या अस्पतालमा उपचाररत छन् । उनलाई सोमबार काब्या अस्पतालबाट एम्बुलेन्समा अदालतमा ल्याइएको थियो ।

उनलाई गत मंगलबार काठमाडौंको थापाथलीस्थित केन्द्रीय कार्यलयबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर धनुषा लगेको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -