२०८३ बैशाख २३ गते, बुधबार १९:४९

लागुऔषधसहित दुई युवा पक्राउ

वीरगंज/प्रहरीले लागु औषध खैरो हिरोईन र अफिमसहित वीरगञ्जकाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका–३ बस्ने २९ बर्षिय समुन्द्र साह र २४ बर्षिय अमिर बानियाँ छन्।

वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडकखण्डमा प्रहरीले बा.प्र.०३–०२–प ९४५० नम्बरको स्कुटीलाइ चेकजाँच गरेको थियो। जाँचको क्रममा स्कुटीको सिटमुनी लुकाइ ल्याइएको लागु औषध खैरो हिरोईन १५१ ग्राम र अफिम १५४ ग्राम बरामद गरिएको पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए।

लागुऔषध बरामद भएपछि दुबैजनालाई नियन्त्रणमा लिई उनीहरुबिरुद्ध लागु औषध सम्बन्धी कसूरमा अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको थापाले बताए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM