२०८२ माघ २८ गते, बुधबार ०८:४२

प्रदेश सांसदमाथि आक्रमण प्रयास, पिए कुटपिट, तीन गुण्डा नाइकेबिरुद्ध जाहेरी

कास्की । गण्डकी प्रदेशसभाका प्रभावशाली सांसद तथा पूर्वमन्त्री बिन्दुकुमार थापामाथि नै गुण्डानाइकेहरुको समूहले आक्रमणको प्रयास गरेको छ । गएको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद थापाले गुण्डानाइकेले आक्रमण गरेको जाहेरी लिएर प्रहरीमा जानुपरेको छ ।

सांसद थापा पोखराका ब्यापारी पनि हुन् । अनुमतिबिना नै गुण्डनाइके बिक्रम लामा, धनबहादुर छन्त्याल(लक्ष्मण) र सागर रानाभाटको समूहले केही दिनअघि लेखनाथमा जग्गा प्लटिङ गर्न सुरु गरेको बिषयमा सांसद थापाका पीए गोपाल नेपालीले सोधखोज गरेका थिए । उनीहरुले सांसद थापाको सँगै जोडिएको जगा अनधिकृत रुपमा प्लटिङ गर्न सुरु गरेका थिए । अनुमतिविना प्लटिङ गर्नु गैरकानुनी हो, गर्न मिल्दैन भनेर नेपालीले भन्नासाथ उनीमाथि आक्रमण भएको थियो । नेपालीमाथि आक्रमण गर्ने सागर रानाभाट नेपाली कांग्रेसनिकट गुण्डा हुन् ।

सांसद थापाको जग्गासँग सीमा जोडिएको जमिनमा अनुमति नलिई उनीहरुले प्लटिङ सुरु गरेपछि नेपालीले सोध्नासाथ उनीमाथि सांघातिक आक्रमण गरिएको थियो । नेपालीलाई सागर रानाभाटले एक्कासी मुखमा मुक्का प्रहार गरेका थिए । सागर रानाभाटले नेपालीमाथि ‘तेरो जग्गा हो ?’ भन्दै दाँत नै भाँचिनेगरी मुक्का प्रहार गरेका थिए । सांसद बिन्दु थापाले किन कुटेको भनेर प्रश्न गर्दा उनीमाथि नै ज्यान मार्ने धम्की गुण्डानाइकेको समूहले दिएको थियो । धम्कीमात्र होइन, मिलाउनका लागि करोडौं रकम बार्गेनिङ गरेपछि सांसद थापा प्रहरी प्रशासन गुहार्न पुगेको प्रहरी स्रोत बताउँछ ।

थापाले जाहेरी दिएपछि प्रहरीले आक्रमणकारी सागर रानाभाटलाई पक्राउ गरेको छ । लामा र छन्त्याल फरार भएका छन् । यी तीनैै जना गुण्डानाइकेको संरक्षण पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापा र क्याटवाक क्लवका संचालक गुप्ता लामाले गर्दैआएका छन् । दानबहादुर कार्की कास्कीको एसपी हुँदा गुण्डागर्दीमा संलग्न धनबहादुर छन्त्याल (लक्ष्मण) लाई पक्राउ गर्न खोज्दा गुप्ता लामाले नै सेटिङ गरी दुबई भगाएका थिए । ७ बर्षअघि छन्त्याल पोखराको एक हाउजिङ कम्पनीसँग ५ करोड फिरौती मागेको आरोपमा पक्राउ पनि गरेको थियो । हाउजिङ व्यापारी तथा रुपाकोट होटलका सञ्चालक पुष्पराज अधिकारीसँग लक्ष्मणले पोखरामा व्यापार गर्नु छ भनी ५ करोड मागेका थिए ।

सांसद थापामाथि आक्रमणको प्रयास गरेको, ज्यान मार्ने धम्की दिएको, करोडौं रकम मागेको र उनका पीएलाई सांघातिक आक्रमणको जाहेरी परेको बिषयमा प्रतिक्रियाका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापासँग पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

को हुन् विक्रम लामा ?

पोखरामा बिक्रम लामाको गुण्डागर्दी यति चरम सीमामा पुगेको छ कि उनको ज्यादतिका बिरुद्ध कोही पनि ज्यान खतरामा पर्ने भयले उजुरीसम्म गर्न डराउने गरेको स्रोत बताउँछ । हातहतियार, लागूऔषध तथा बैंक लुटपाट मुद्दामा जेल सजाय भोगेर करिब दुई वर्षअघि छुटेका गुण्डा नाइके विक्रम लामाले पोखरामा व्यवसायीमाथि आक्रमण गर्दा समेत उनलाई प्रहरीले पक्राउ नगरी उन्मुक्ति दिएको थियो ।

रिठ्ठेपानीमा रहेको रेशम एग्रो इन्डस्ट्रीज प्रा.लि. का सञ्चालक रेशम कुमालले बैंक, सहकारी र विभिन्न व्यक्तिहरुसँग गरी झण्डै ३५ करोड उठाएर तिर्नुपर्ने व्यक्तिहरुलाई गुण्डा नाइके लामामार्फत् धम्की दिंदै आएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा २०८० असारमा केही पीडितहरुले उजुरी दिएका थिए । तर जिल्ला प्रहरी कार्यालय कास्कीका तत्कालीन एसपी अजय केसीले उनलाई पक्राउ गर्नुको साटो उल्टै संरक्षण गरेका थिए ।

कुमालले गुण्डागर्दी शैलीमा पैसा फिर्ता नगरी कहिले दीपक मनाङ्गे त विक्रम लामालाई सँगै राखेर ऋण तिर्नुपर्ने व्यक्तिहरुलाई तर्साउने गरेको बिषयमा प्रहरीमा जाहेरी दिंदा पनि तत्कालीन एसपी केसीले लामालाई पक्राउ नगरी संरक्षण गरेका थिए ।

प्रहरीले जाहेरी लिन नमानेपछि जिल्ला प्रशासन कार्यालय कास्कीमा कारबाहीको माग गर्दै पीडितले निवेदन दिएपछि कुमालले बिक्रम लामामार्फत् धम्क्याएका थिए । जिल्ला प्रशासन कार्यालय कास्कीले कुमाल र विक्रम लामालाई पक्राउ गर्न निर्देशन दिंदा पनि तत्कालीन एसपी अजय केसीले त्यसको पालना गर्न उदासिनता देखाएका थिए । पोखरामा कुमालले गरेका अबैध असुलीको संरक्षण बिक्रम लामाले गर्दैआएका छन् ।

हतियार, लागूऔषध मुद्दा र बैंक लुटपाटमा ८ बर्ष जेल बसेर निस्केका गुण्डानाइके बिक्रम लामालाई प्रहरीमा सेटिङ मिलाएर गुप्ता लामा र वडाध्यक्ष नरेन्द्र थापाले जोगाउँदैआएका छन् । लेखनाथ र पोखरा आसपासका क्षेत्रमा जग्गा प्लटिङ, सडक निर्माणका ठेकेदारसँग धम्क्याएर पैसा उठाउने विक्रमलाई जोगाउन प्रहरीमा सेटिङ मिलाउने गुप्ता लामा हुन् । सांसद थापामाथि भएको आक्रमणपछि पनि गुप्ता लामाले नै उनलाई लुकाएको आशंका गरिएको छ । साभार : नेपाल फेस

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM