२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:०२

मधेश प्रदेश: मन्त्रीपरिषद पुनर्गठन

जनकपुरधाम/अल्पमतमा परेको मधेस सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले खालि भएको मन्त्रालयको जिम्मा आफैँ लिएका छन्।

आइतबार नेकपा एमाले र माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि खालि भएको मन्त्रालयको जिम्मा मुख्यमन्त्री यादवले आफैँ लिएका हुन्।

भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, गृह, सञ्चार तथा कानून मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मा मुख्यमन्त्री यादवले आफैँ लिएका हुन् ।

यसका लागि मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिष्द पुनर्गठन गर्नका लागि प्रदेशप्रमुखलाई पत्र पठाएका हुन्।

मुख्यन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ।

जनता समाजवादी पार्टी अब सरकारमा रहने अथवा छाडने त्यसको निर्णय भोलि बस्ने केन्द्रीय समितिको बैठकले गर्ने प्रवक्ता मनीष सुमनले बताए ।

माओवादी केन्द्र र एमालेले सरकारबाट बाहिरिएको घटनाक्रमलाई नजिकबाट हेरिरहेको भन्दै मधेस प्रदेशसभा सदस्य समेत रहेका प्रवक्ता सुमनले भोलि बस्ने बैठकबाट सरकारमा रहने अथवा नरहने निर्णय लिइने बताए ।

मधेस प्रदेशमा १०७ जना सांसद रहेकोमा एकजना निलम्बनमा परेकाले १०६ जना सांसद कायम छन् ।

बहुमत सदस्यका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यकता रहेकोमा पार्टी विभाजनअघि जसपा नेपालसँग कुल १९ जना प्रदेशसभा सदस्य थिए ।

अहिले सरकारमै रहेका नेकपा एस समेत के गर्ने भन्ने निर्णयमा पुगेको छैन् ।

नेकपा एसका संसदीय दलका नेता एव भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले अहिले आफुहरुको बैठक चलिरहेको बताए ।

मधेस प्रदेशसभामा अहिले नेकपा एमालेको २५, नेपाली कांग्रेसको २२, जसपा नेपालको १९, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोकतान्त्रिक समाजवादी पार्टीको ८, नेकपा एसको ७, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको १/१ जना सांसद छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM