२०८२ माघ २८ गते, बुधबार १५:३३

काजका घुमुवाको समन्वयमा रूपन्देहीबाट तस्करीको लाइन

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुपन्देही अन्तर्गतका विभिन्न चौकीमा कार्यरत तीन जुनियर अधिकृतलाई दरबन्दीमै फिर्ता गरिएको छ । दरबन्दी अरु जिल्लामा भएका असई र सईलाई विभिन्न चौकीको इन्चार्जको जिम्मेवारी दिएको समाचार सार्वजनिक भएपछि बेथरी चौकीका इन्चार्जदेखि सादा पोशाकमा परिचालन गरेका घुमुवाहरुलाई दरबन्दी रहेका जिल्ला जाजरकोट र दाङमा पठाइएको छ ।

काजमा कार्यरत तीन जुनियर अधिकृतलाई दरबन्दीमा फिर्ता गरिए पनि अर्का विवादित असई सन्तोष रायमाझीलाई भने चलाइएको छैन । जागिरको अधिकांश समय लुम्बिनीकै तीन जिल्लामा कार्यरत सन्तोष रायमाझीका कारण रुपन्देही प्रहरी बदनाम छ । तर काजमा कार्यरत तीन जुनियर अधिकृतलाई दरबन्दीमा फिर्ता गर्दा रायमाझीलाई भने यथावत राखिएको छ ।

असई रायमाझीको दरबन्दी रोल्पा हो । तर उनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा काजमा कार्यरत रहेका छन् । प्रहरी प्रधान कार्यालयका एसएसपी दानबहादुर कार्कीसँग बाक्लो हिमचिम भएका असई रायमाझीले लुम्बिनी प्रदेशका डीआईजी कुवेर कडायत र रुपन्देहीका एसपी रन्जितसिंह राठौरलाई नै खुसी पार्दै दरबन्दीको जिल्लामा जानुपरेको छैन ।

भैरहवाका ६ वटा क्यासिनो, तस्करहरुको समूहदेखि रुपन्देहीका क्रसर ब्यवसायीसम्मबाट रायमाझीले एसपी र डीआईजीको नाममा आर्थिक चलखेल गर्ने गरेका छन् । रायमाझी मुकुन्द आचार्य र उनीपछिका रविन्द्रबहादुर धानुक डीआईजी हुँदा प्रदेशका घुमुवा थिए । उनी रुपन्देही र कपिलबस्तुमा डेढ दशकदेखि घुमुवा भएकाले सबैतिर सेटिङ मिलाउन खप्पीस मानिन्छन् । रुपन्देहीका भैरहवादेखि विभिन्न नाकादेखि कपिलवस्तुबाट तस्करी गर्ने राजु थापासँग समेत रायमाझीले कनेक्सन मिलाउने गरेका छन् ।

पछिल्लो समयमा तस्करीमा कमी आए पनि राजु थापाले मोटरसाइकलमार्फत् नाकाबाट मोटरसाइलमा ल्याउने र सीमा कटाइसकेपछि पिकअपमा लोड गरी भित्र्याउने गरेका छन् । उनले बगाहा नाकाबाट जमालमार्फत् मोटरसाइकलमा कपडा तस्करी गर्ने गरेका छन् । बगाहामा केही दिनअघि जमालको कपडा बरामद गरिएको थियो । जुन कपडा राजु थापाकै भएको स्रोतको दाबी छ । राजु थापाले तस्करीको लाइन नपाए पनि मोटरसाइकलमार्फत् भारतबाट सीमावारी ल्याउने र पिकअपमा लोड गरी गोदाममा पुर्याउने गरेका छन् । गृहमन्त्री रवि लामिछानेकोमा सूचना पुग्छ भन्ने त्रासले राजु थापालाई विगतमा जस्तो खुल्लमखुल्ला तस्करीको लाइन दिइएको छैन ।

रायमाझीलाई कपिलवस्तु, नवलपरासी र रुपन्देहीको तस्करीको नेटवर्क सबै जानकारी छ । कुन तस्करले के ल्याउँछन्, के भारत पठाउँछन्, झोलेपोकेदेखि ठूलाासम्मकै नेटवर्कको जानकारी भएकाले उनले संकलन गरी माथिल्ला निकायमा बुझाउने गरेको स्रोत बताउँछ । रायमाझीको खुबी भनेको पहिला डीआईजीलाई हातमा लिने, त्यसपछि एसपीलाई विश्वासमा लिएर तस्करीदेखि नदीदोहन गर्नेहरुसँग सेटिङ गर्ने गरेका छन् । जुन जिल्लादेखि प्रदेशसम्मका उच्च अधिकारीलाई भागबण्डा गरी उनी जागिरका अधिकांश समय रुपन्देही, कपिलवस्तुमै टिकिरहन सफल भएका छन् ।

रुपन्देहीका खोलाहरुबाट नदी दोहन गर्नेहरुले पनि प्रहरीलाई मिलाउन सई रायमाझीलाई नै दररेट बुझाउने गरेको स्रोत बताउँछ । रुपन्देहीका बुटवल उपमहानगरपालिका,, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, मायादेवी गाउँपालिका, सियारी गाउँपालिका, कोटहीमाई गाउँपालिकामा धेरै नदीजन्य पदार्थको उत्खनन् हुने गरेको छ । कोटहीमाईले हालै १० वटा खोलाको टेण्डर हालसालै निकालेको छ । बुटवल र तिलोत्तमासहित अरु पालिकाले करोड करोडका नदीजन्य पदार्थका ठेक्का निकाल्ने गरेका छन् ।

तिनाउ, दानव लगायतका नदीको बालुवा र गिटीको ठेक्का लिनेहरुले मापदण्ड पालना गर्दैनन् । वातावरणीय प्रभाव मूल्यांकन(आईईई)गर्नुपर्ने छ । तर नगरी खोला दोहन गर्ने क्रम बढेको छ । मापदण्डमा स्काभेटर प्रयोग गर्न नपाउने ब्यवस्था छ । तर डरलाग्दो गरी नदीजन्य पदार्थ दोहन गर्नेहरुले प्रहरीलाई समेत मिलाएका हुन्छन् ।

प्रहरीदेखि प्रशासनलाई मिलाएर खोला दोहन गर्नेहरुसँग पूरै सेटिङ गर्ने काम पनि हरेक बर्ष असई रायमाझीले गर्दैआएका छन् । स्थानीय तह, प्रहरी, सीडीओ, राष्ट्रिय अनुसन्धान विभाग, अख्तियारदेखि सबैतिर मिलाएर नदीदोहन हुँदैआएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM