२०८३ बैशाख २४ गते, बिहीबार ००:०७

सङ्घीय संसद्को बजेट अधिवेशन शुरु

काठमाडौँ-सङ्घीय संसद्को बर्खे अधिवेशन आजदेखि नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ। सङ्घीय संसद्मध्ये राष्ट्रियसभाको आजको बैठक सुरु भइसकेको छ भने कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक सुरु हुन विलम्ब भएको छ। दुवै सभाको बैठक आज अपराह्न २ बजेका लागि आह्वान गरिएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।

राष्ट्रियसभाको बैठक आरम्भ गर्दै अध्यक्ष नारायण दाहालले अधिवेशनलाई प्रभावकारी र रचनात्मक बनाउन आग्रह गर्दै सदनमा उठेका विषयमा उत्तरदायी हुन सरकारका सम्बन्धित मन्त्रीलाई स्मरण गराए।

उनले प्रतिनिधिसभामा विचारधीन रहेका विधेयक र गैह्रसरकारी विधेयसमेतमा छलफल भई राष्ट्रियसभामा फिर्ताको वातावरण बनाउन आग्रह गरे। बैठकको पहिलो दिन सभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका तर्फबाट बोल्ने क्रम जारी छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM