२०८३ जेष्ठ २ गते, शनिबार १६:११

कोशी प्रदेश: नयाँ सरकार गठनको दाबी गर्न आह्वान

मोरङ/कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ९५० अनुसार बुधबार अबेर राति नयाँ सरकार गठनको आह्वान गरेका छन्। बुधबार एमाले र माओवादीले दिएको निवेदनका आधारमा प्रदेश प्रमुख खापुङले शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएर सरकार गठनको आह्वान गरेका हुन्।

प्रदेश प्रमुख खापुङले प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दाबी पेश गर्न आह्रवान गरेका हुन्।

मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि बुधबार दिनभर एमाले र माओवादी नयाँ सरकार गठनको आह्वान गराउन सक्रिय भएका थिए। सोही अनुसार प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM