२०८२ फाल्गुन १ गते, शुक्रबार ०७:४०

जसपा विभाजन : प्रचण्ड सरकार सुरक्षित, कांग्रेस र माधव नेपालको चलखेल अन्त्य

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ। आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ।

संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ जना केन्द्रीय सदस्य रहेको बताइएको छ ।

अहिले जसपा फुट्नुलाई स्वाभाविक रुपमा विश्लेषण गर्न सकिँदैन। सत्ता गठबन्धन टुटाउने प्रयत्नका बीच जसपा विभाजित हुनु संयोग मात्र मान्न नसकिने राजनीतिक वृतमा विश्लेषण भइरहेको छ ।

हालको सत्ता समीकरणसँग १५७ मत रहेको र जसपा र एकीकृत समाजवादीले सरकार छोडेमा अल्पमतमा पर्ने अवस्था रहेकोमा जसपा विभाजन भएको छ। यति मात्र होइन बजारिया हल्लालाई विश्वास गर्ने हो भने एकीकृत समावादीमा समेत विभाजनको स्वर सुनिन थालेको छ।

अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफू सन्तुष्ट नभएको र कुनै पनि बेला गठबन्धन टुट्न सक्ने सार्वजनिक रुपमा बताउँदै आएका छन् भने सम्मानित नेता झलनाथ खनालले उनको विपरित वर्तमान गठबन्धनको पक्षमा उभिएका छन्।

नेपालको गठबन्धन टुट्ने चेतावनीले झस्किएको सत्ता समीकरण खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपालाई विभाजन गरेर बहुमत पुर्‍याउने कसरत गरेको विश्लेषण सुरु भएको छ। यद्यपि अहिले नै यो आरोप सत्य हो भन्नु हताराे हुन्छ।

जसपा र एकीकृत समाजवादीको २२ मत घट्दा सरकार अल्पमतमा पुग्ने भएपछि जसपाका ७ सांसदलाई अलग गरेर अब सरकार प्राविधिक रुपमा बहुमतमा रहने बुझाइ प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको रहेको बुझ्न सकिन्छ। यसले माधव नेपालले गठबन्धनमा पारेको दबाव कम हुने र सम्भवतः उनलाई गठबन्धनबाट अलग गराउन सजिलो हुने देखिएको छ।

जसपा विभाजनको असर अब सबैभन्दा पहिला सुदूरपश्चिममा देखिने बुझ्न सकिन्छ । सुदूरपश्चिममा एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिन आनाकिनी गरिरहेको बेला केन्द्रमा भएको यो घटनाक्रमले अब उनको पद धरापमा पर्ने देखिएको छ।

एमाले सुरु देखि नै सोडारीको विरोधमा रहेको अवस्थामा अब माधव नेपालको चेतावनीलाई ह्यान्डल गर्न सकिने अवस्था बनेपछि एमाले विश्वासको मत दिन बाध्य नहुने अवस्था देखिएको छ ।

अहिलेको सत्ता समीकरणमा नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २१, नयाँ जसपाका ७, नाउपाका ४ गरि १४२ मत हुन्छ जुन प्रचण्ड सरकारको बहुमतका लागि पर्याप्त हुन्छ। यसले एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव पक्षले सरकार छोडेपनि गठबन्धनलाई कुनै असर नपर्ने देखिन्छ ।

जसपा फुटाउने रणनीतिले अहिलेको सत्ता समीकरण बच्ने मात्र होइन यसले धेरै तिर निशाना लगाएको देखिन्छ। पहिलो सत्ता समीकरण बच्ने, दोस्रो माधव नेपालको धम्कीको औचित्य सकिने, तेस्रो कांग्रेसले बनाउन खोजेको वैकल्पिक गठबन्धन समेत बन्न नसक्ने राजनीतिक परिदृष्य देखिएको छ। साभार : डिसी नेपाल

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM