२०८२ माघ २८ गते, बुधबार १५:३७

कपिलवस्तुबाट रोकिएन तस्करी, घुमुवाले मिलाउँछन् लाइन, गृह मन्त्रीको प्रभाव असफल

काठमाडौं । गृहमन्त्री रवि लामिछाने र प्रहरी महानिरीक्षक बसन्त राज कुंवरले घुमुवा प्रहरीलाई तत्काल हटाउन निर्देशन दिए पनि केही जिल्लामा यसको कार्यान्वयन हुन सकेको छैन । काजमा बसेर तराईका केही जिल्लामा घुमुवाहरूले तस्करीको सेटिङ मिलाइरहेका छन् ।

कपिलवस्तुमा घुमुवा प्रहरीको आतंक बढेको भन्दै स्थानीयले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा उजुरी दिएका छन् । अन्यत्र दरबन्दी भएका असई श्याम कुमार चौधरीले जिल्लामा तस्करीको लाइन चलाउनेदेखि व्यवसायीसँग असुली धन्दा गर्दै आएको भन्दै उजुरी परेको छ । रुपन्देही दरबन्दी भएका चौधरी लामो समयदेखि कपिलवस्तुमा बसेर गैरव्यवसायिक गतिविधिमा संलग्न छन् । उनले डिआइजी कुवेर कडायतदेखि सिआइबीका अधिकारीको समेत नाम लिएर व्यापारीलाई असुल्ने गरेका छन् । उनीविरुद्ध पटक पटक उजुरी परे पनि हाकिमहरूले नै जोगाउँदै आएका छन् ।

कपिलवस्तुका खुनुवा, चाकरचौडा, सुठौली, महाराजगञ्ज, कोटिहवा, गौरा, नाका, रङगपुर, गणेशपुर, शिवालय दोहनी, लकनी, कृष्णनगर, भिल्मी, करहजवा, सिरसिहवा, ठाकुरपुर, विनगर लगायत नाकामा घुमुवा प्रहरी सेट गरिएका छन् । जहाँ असई चौधरीले हवल्दारहरु नरेश चौधरी, सुरेन्द्र रजक, दीपेन्द्र यादव, सहायक हवल्दार किरण हरिजन तगा, जवान पशुपति यादवलाई परिचालन गरिएको छ ।

अन्य जिल्लामा कडाई भएपछि कपिलवस्तुका नाकाहरूबाट तस्करी बढेको छ । कपिलवस्तुका अधिकांश सुन पसलमा अवैध सुनको कारोबार हुने गरेको छ । जसमा दीपक बर्मा भनिने दीपु, मुनु बर्मा, राजेश बर्मा, विनोद बर्मा, अजय बर्मा, रमेश विक लगायत संलग्न छन् । उनीहरूसँग घुमुवा प्रहरीको सेटिङ छ । जयमातादी सुनचाँदी पसल, प्रेम सुनचाँदी पसलमा अवैध सुनको कारोबार फस्टाएको छ । यहाँका अधिकांश सुनचाँदी व्यवसायीको भारतीय भोटर कार्ड छ । दुवैतिर नागरिकता र सम्पत्ति भएका उनीहरू सुन तस्करी लगायत अवैध धन्दामा संलग्न छन् । उनीहरूबाट घुमुवाले मासिक बुझाएर हाकिमलाई बुझाउने गरेको एक स्थानीय व्यापारी बताउँछन् । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालयका डीएसपी हरि वलीले नै घुमुवाहरूलाई विभिन्न नाकामा पठाउने गरेका छन् । डीएसपी वलीले एसपीलाई समेत गुहराहमा राखेर तस्करीको लाइन चलाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM