२०८२ असार २० गते, शुक्रबार ०८:१५

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन्। गण्डकी प्रदेशको आज अपराहन्न ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ।

चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त भएका अधिकारीले सरकार दाबि गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने बाटो खुलेको थियो।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीसहित ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट रहेको छ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने विषय पेचिलो देखिएको छ। बहुमतको लागि उनलाई ३१ मत आवश्यक पर्दछ। एमालेका सभामुख बाहेक २१ र माओवादीका नेसपा बाहेक ७ र एकीकृत समाजवादीको एक गरि २९ मत मात्र पुग्दछ। त्यस्तै बाबुरामको नेसपाका एक सांसदले मत दिए पनि ३० मत मात्र हुने भएकाले विश्वासको मत पाउन सहज देखिएको छैन।

संबिधानमा सभामुखले बराबर मत भएको अवस्थामा मात्र मत दिन सक्ने अवस्था रहेको छ। त्यस्तै प्रदेशमा कांग्रेस र राप्रपा भने विपक्षमा रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM