२०८२ आश्विन २६ गते, आईतवार ०१:५७

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि दमकमा गोली प्रहार

झापा/झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ ।

उनको अवस्था गम्भीर छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि गोली प्रहार भएको हो । उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन् ।

अधिकारीलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा एलिनालाई बाटो ढुकेर गोली हानेको प्रहरीले जनाएको छ । उनलाई दमक ५ ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि गोली हानिएको हो ।

गोली हान्नुको कारण र गोली हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ । घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM