२०८३ बैशाख २४ गते, बिहीबार ०२:०२

इलाम- २ मा ३४५ मतान्तरले एमालेकाे अग्रता, रास्वपा चौथौ स्थानमा

इलाम। इलाम २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ।

प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार कांग्रेसका डम्मरबहादुर खड्कालाई एमालेका सुहाङ नेम्वाङले उछिनेका छन्।

एमालेका नेम्वाङले २५४२ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले २१९७ मत प्राप्त गरेका छन्।

त्यस्तै पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५९३ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बूले ३७९ मत पाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM