Wednesday, May 22, 2024
घरनिर्वाचनबझाङमा खस्यो करिब ४८ प्रतिशत मत

बझाङमा खस्यो करिब ४८ प्रतिशत मत

बझाङ/प्रदेश सभा (१)मा भएको उपनिर्वाचनमा करिब ४८ प्रतिशत मत खसेको छ।

प्रदेश सभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदानस्थलका ९४ मतदान केन्द्रमा शनिवार बिहान ७ बजेदेखि ५ बजेसम्म भएको मतदानमा करिब ४८.१६ प्रतिशत मत खसेको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए।

कुल ६१ हजार सात सय ४८ मतदाता रहेकामा करिब २९ हजार सत सय मत खसेको बताइएको छ। यो विवरण ४ बजेसम्मको भएकाले यकिन विवरण आउँदा संख्या केही बढ्न सक्ने उनले बताए।

निर्वाचन शन्तिपूर्ण रूपमा सम्पन्न भएको छ। मतदान सकिए लगत्तै सडकको पहुँच भएका क्षेत्रका मतपेटिका सदरमुकाम ल्याउन सुरु गरिएको छ । सडक संजालसँग नजोडिएका साइपाल गाउँपालिकाको ३ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइने बझाङका डिएसपी भरत शाहले बताए।

बझाङमा साँझ मौसममा बदली देखिएको छ। मौसम प्रतिकूल भएको र समय अपुग हुने भएकाले मतपेटिका आइतवार बिहान ल्याइने शाहले बताए। मतपेटिका सदरमुकाम ल्याइसकेपछि सर्बदलीय बैठक बसी मत गणनाको प्रक्रिया अघि बढ्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

चुनावी मैदानमा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्नपासहित १२ दलका उम्मेदवार छन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -