२०८२ आश्विन २५ गते, शनिबार २२:४६

घुस प्रकरणमा जोडिएका पोखरा महानगरका इन्जिनियर पक्राउ

पोखरा/पोखरा महानगरपालिकाको घरनक्सा शाखामा कार्यरत इन्जिनियर शिव बराल पक्राउ परेका छन्। घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिन सेवाग्राहीसँग घुस लिएको प्रकरणमा जोडिएपछि बराल पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराले बराललाई मंगलबार नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका बराललाई अख्तियारको टंगालस्थित हिरासतमा राखिएको पोखरा प्रमुख आशमान तामङले बताए।

चैत २८ मा अख्तियारले घुस रकमसहित पोखरा महानगरपलिकामा कार्यरत सबइन्जिनियर उषाकिरण रोकाय र कन्सलटेन्ट सुरज कुँवर पक्राउ गरेको थियो।

सेवाग्राहीसँग लिएको १ लाख ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको हाे।

रोकायले गोदार इन्जिनियरिङ कन्सलटेन्सीमा कार्यरत कुवँरमार्फत् घुस रकम लिएकी थिइन्।

घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिनलाई घुस लिएको सोही प्रकरणमा अनुसन्धानको क्रममा बराल तानिएको तामाङले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM